fbpx

किसानको आर्थिक अवस्था सुधार्न ठाकुरबाबा नगरको पहल

किसानको आर्थिक अवस्था सुधार्न ठाकुरबाबा नगरको पहल


भिमा कंडेल, बर्दिया । कृषि तथा पशुजन्य उत्पादनमा बृद्धि र बजारीकरणगर्दै किसानहरुको आर्थिक अवस्था सुधार्न पहलगर्दै ठाकुरबाबा नगरपालिकामा परियोजना अनुगमन तथा समन्वय समिति गठन गरिएको छ । ठाकुरबाबा नगरपालिका र हेफर प्रोजेक्ट नेपालबिचको सहकार्यमा समिति निर्माण गरिएको हो ।

कृषि तथा पशु विकासमा आधारित साझेदारी परियोजनाको परियोजना अनुगमन तथा समन्वय समिति गठन, नगरप्रमुख तिलकराम लम्साल लगायत सम्बिन्धीत व्यक्तिहरुले गर्नु भएको पालिकाले जनाएको छ । अभिमुखिकरण कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख लम्सालले नगरपालिका भित्रका १८ सय घरधुरीका साना किसान तथा मझौला किसानहरुसंग हातेमालो गरी कृषि तथा पशुजन्य उत्पादनमा बृद्धि गर्ने बताउनु भएको छ । यसका साथै उत्पादन प्रबद्र्धन र बजारीकरणमा काम गरी किसानको आर्थिक स्थितीमा सुधारगर्दै लैजाने उहाँको प्रतिबद्धता छ ।

तपाइको मत