fbpx

अमर शहीद माध्यामिक बिद्यालय राजापुरको भवन शिलान्यास

अमर शहीद माध्यामिक बिद्यालय राजापुरको भवन शिलान्यास


केशव कोइराला, बर्दिया । अमर सहिद श्रीदशरथ चन्द माध्यामिक बिद्यालय राजापुरमा निर्माण गरिन लागेको ४ कोठे भवनको आइतबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले भवनको शिलान्यास गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख थारुले शिक्षा र स्वास्थ्य राजापुर नगरपालिकाको प्रमुख प्राथमिकता भएको भन्दै भवन अभावमा विद्यार्थी बिहान र दिउँसो २ समय पढ्न आउनुपर्ने बाध्यता देखेर भवनका निम्ति सहयोग गरेको बताउनु भयो । कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष बिदुर पोख्रेलले बिद्यालयको शैक्षिक अवस्था सुधारर्दै लैजान शिक्षक हरुले ध्यान दिनुपर्ने भन्दै बिद्यालयको आबश्यकता अनुसार आगामी दिनमा भवन थप गर्दै लैजाने बताउनु भयो ।

बिद्यालयका शिक्षक सरद लम्सालले भवन निर्माणका लागि ४ नम्बर वडा अध्यक्ष बिदुर पोखरेलले गरेको पहल यस बिद्यालयका लागि ठुलो दान भएको भन्दै स्थानीय सरकारबाट सदैव सकारात्मक अपेक्षा गरेको बताउनु भयो । शिलान्यास कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजकुमार उपाध्यायले गर्नुभएको थियो । राजापुर नगरपालिकाको आन्तरिक स्रोत अन्तर्गत ५० लाख रुपैयाँको लागतमा बिद्यालय भवन निर्माण गरिन लागेको हो ।

तपाइको मत