fbpx

नेपाल रेडक्रस सोसाईटी बर्दियाको अध्यक्षमा पुनः कृष्ण गौतम

नेपाल रेडक्रस सोसाईटी बर्दियाको अध्यक्षमा पुनः कृष्ण गौतम


विन्दु चौधरी, बाँसगढी । नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाको ४० औं जिल्ला सभाको अधिवेशन बाँसगढीमा सम्पन्न भएको छ । अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति र्निबिरोध चयन गरेको छ ।

अधिवेशनबाट सभापतिमा पुनः कृष्ण प्रसाद गौतम चयन हुनुभएको छ । उपसभापतिमा यशोदा थारु र नरेन्द्र कुमार कोइराला, मन्त्री गोविन्द प्रसाद शर्मा, कोषाध्यक्ष भेजेन्द्र बहादुर थापा, उपमन्त्री अशोक प्रसाद सिग्देल, उप कोषाध्यक्ष खगेन्द्र प्रसाद खनाल चयन हुनुभएको हो । त्यसगरी सदस्यहरुमा सुनिता खड्का, रुकमाया भुषाल, सरस्वती शर्मा, मुकुन्द अर्याल, जनक बहादुर बुढा, रिम बहादुर खड्का, अर्जुन सुवेदी, महेशचन्द्र गौतम, कृष्ण प्रसाद पोख्रेल र कुमार लामिछाने चयन हुनु भएको छ । निर्वाचन अधिकारी गोवर्धन सिंह क्षेत्रीले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नुभएको बाँसगढी उपशाखाका सहसचिव फणिन्द्र प्रसाद ढुङगानाले जानकारी दिनुभयो ।

सभाको उद्घघाटनगर्दै बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले समुदाय स्तरसम्म रेडक्रसको सक्रिय सहभागिता भएकाले नेपाल सरकारको अभियानमा सहयोग पुगेको बताउनुभयो । रेडक्रस बर्दियाको तर्फबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाखाका मन्त्री अर्जुन सुवेदीले वर्षभरीमा १ लाख ४७ हजार ३ सय ४२ व्यक्तिहरु प्रत्येक्ष लाभान्वित भएको तथ्यांकगत विवरण प्रस्तुत गर्नुभएको थियो । त्यस्तै रेडक्रस बर्दियाका कोषाध्यक्ष चक्र बहादुर थापाले गत वर्षको आय तर्फ १ करोड ९० लाख १३ हजार ६०१ र ब्यय तर्फ १ करोड ९६ लाख ५२ हजार ७४१ रुपैया खर्च भएको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नु भएको छ ।
आगामी आ.ब. ०८०÷२०८१ को २ करोड २१ लाख ५८ हजार ३ सय को प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । रेडक्रस बर्दियाको ११ वटा उपशाखा, १४ वटा कार्यक्रम उपसमिती, जुनियर सर्कल ८२ वटा र ११ वटा युवा रेडक्रस सर्कल गरी ११८ वटा सांगठनिक निकाय रहेका छन् । भने ४ हजार ८ सय २० जना सदस्यहरु रहेका छन् । रेडक्रस बाँसगढी उपशाखाका सभापति नारायण प्रसाद शर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महामन्त्री नवराज ढुङ्गाना, रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिंह क्षेत्री, बाँसगढी नगरपालिकाका पुर्व मेयर शालिकराम अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको रेडक्रस बाँसगढी उपशाखाका सहसचिव फणिन्द्र प्रसाद ढुङगानाले जानकारी दिनुभयो ।

तपाइको मत