fbpx

जातीय पहिचान जोगाउन आवश्यक : पूर्व राज्यमंत्री रद्गैया

जातीय पहिचान जोगाउन आवश्यक : पूर्व राज्यमंत्री रद्गैया

केशव कोइराला, बर्दिया । सुदुर पश्चिम प्रदेसका पूर्व भौतिक पूर्वाधार बिकास राज्यमंत्री चुन कुमारी रद्गैयाले नेपालमा रहेका बिभिन्न जातजातिले आफ्नो पहिचान जोगाउन आवश्यक रहेको बताउनु भएको छ । छोट्की दशिया व बरुवा पुजा रद्गैयनक पहिचान, यी संस्कृतिहन संरक्षण कर्ना हमार अभियान भन्ने मुल नाराका साथ थारु रद्गैया परिवार समाजको बर्दियाको राजापुरमा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनको उद्धाटन गर्दै यस्तो बताउनु भएको हो ।

रद्गैया दशै र बरुवापुजा रद्गैया थारुहरुको इतिहास भएकाले यसलाइ संरक्षण गर्न सवै रद्गैयालाई सुझाउनु भयो । पश्चिम तराइका विभिन्न जिल्लामा छरिएर रहेका रद्गैयालाई एकत्रित गरिनुका साथै रितिरिवाज, धर्मसंस्कृती लाई संरक्षण गर्ने उदेश्यले सम्मेलनको आयोजना गरिएको रद्गैया थारु समाजका केन्द्रिय अध्यक्ष पृथ्वी रद्गैयाले बताउनु भयो ।

सम्मेलनमा रद्गैयाको इतिहास झल्कने चित्र प्रदर्शनीसँगै जिल्लामा रद्गैयाको अवस्था बारे जानकारी गराइएको छ । सम्मेलनमा दाङ, सुर्खेत, बाके, बर्दिया, कैलाली कंचनपुरका ६ हजार बढी रद्गैया सहभागी रहेको आयोजक समिति संयोजक महादेव रद्गैयाले जानकारी दिनुभयो । ६ जिल्लामा रद्गैयाको कुल जनसंख्या ११ हजार ४० रहेको छ ।

तपाइको मत