ठाकुरबाबाका विभिन्न वडामा सिंचाइ सुविधा पुर्याईदैं (तस्बिर)
- शनिबार फाल्गुण १३ , २०७९
भिमा कंडेल, बर्दिया । ठाकुरबाबा नगरपालिकाको सिंचाई सुविधा नपुगेको विभिन्न वडामा सुविधा पुर्याउन शुक्रबार अनुगमन गरिएको छ । सिंचाइ सुविधा नपुगेका स्थानको परिचान गरी डिपिआर तयार गर्न डिपिआर निर्माण टोली सहित ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल विभिन्न वडाका वडाध्यक्षले स्थलगत अनुगमन गर्नु भएको हो ।

बबई सिंचाइ आयोजनाका डिभिजन इन्जिनियर सहितको टोलीले ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २, ६, ७ र ८ मा सिंचाइको मुलधारमा ल्याउन अवधारणा अनुरुप अनुगमन गरिएको हो । कृषकको सिचाइ सुविधालाई मध्येनजर गरी ठाकुरबाबा नगरपालिकाले पटक पटक सम्बन्धित निकायमा अनुरोध गरेको थियो ।

ठाकुरबाबा नगरपालिकाको अनुरोध तथा बबई सिंचाइ आयोजनाको पहलमा बबई सिंचाइ आयोजनाको विज्ञ टोलीले सम्भावित योजना स्थल अनुगमन गरी डिपिआर कार्यलाई अधि बढाएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ । सिंचाइ सुविधा पाउने भएपछि नगर क्षेत्रका किसान खुसी भएका छन ।