fbpx

नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा लामिछाने

नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा लामिछाने


चुरेकुञ्ज, गुलरिया । नेपाली उपभोक्ता संरक्षण महासंघ बर्दिया जिल्ला हकहित संरक्षण समितिको अध्यक्षमा गोविन्द प्रसाद लामिछाने सर्वसम्मत चयन हुनु भएको छ । बुधवार बर्दियाको गुलरियामा आयोजित भेलाले २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे, उपाध्यक्ष सपना शर्मा, महासचिव बावुराम कंडेल, सचिवद्वय कुलराज विक र ईश्वर विक, कोषाध्यक्षमा रेखा राईन चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मी नेपाल, विनोद लामिछाने, सुनिल आचार्य, मेहश विक, उर्मिला ताम्रकार, आशिस चौधरी, हरि चौधरी, दिपक अधिकारी, सागर चापागाई, अनिशा थारु, गोविन्दी विक, कञ्चन दहित, आकृति चौधरी र उजेली थारु चयन हुनु भएको छ ।

प्रमुख अतिथी लुम्विनी प्रदेस सांसद मालती सोडारीले उपभोक्ताको हकहित संरक्षण कालागि प्रदेस सरकार मार्फत समितिलाई समन्वय र सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । गुलरिया नगरपालिकाको उपप्रमुख सावित्रा गौतम, उपभोक्ता संरक्षण महासंघका केन्द्रिय अध्यक्ष चन्द्र साउँद लगायत नागरिक संघसंस्था हरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ ।

तपाइको मत