शिव सहकारी संस्थाको अध्यक्षमा सिताराम थारु निर्वाचित
- बुधबार फाल्गुण १० , २०७९
हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवामा अवस्थित शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अधिवेशनबाट सिताराम थारु निर्वाचित हुनु भएको छ । मंगलबार सम्पन्न निर्वाचनमा ९७ मतको अग्रतागर्दै थारु निर्वाचित हुनु भएको हो ।
उहाँले ८ सय ९८ मत प्राप्त र प्रतिद्वन्दी चन्द्रबहादुर स्वाँरले ८ सय १ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्ष पदका लागी गोरी दमाईले ८ सय ८३ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ उहाँका प्रतिद्वन्दी विष्णु गौतमले ७ सय ८० मत प्राप्त गर्नुलभएको छ । कोषाध्यक्षमा काशीराम थारु, सचीवमा दिल्लु चौधरी र संचालक समिति सदस्यमा शशीराम वि.क., लक्ष्मी खड्का, मिश्रीलाल थारु, सिरानी थारु, श्रीदेवी चौधरी निर्विरोध चयन हुनु भएको छ ।
सहकारीको जिल्ला प्रतिनिधि मदन ज्ञवाली, सहकारी केन्द्रिय प्रतिनिधि सुरेश नेपाल र सहकारी बैंक प्रतिनिधि प्रशु राम चौधरी निर्विरोध चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । लेखा समिति तर्फ संयोजकमा मंगल थारुले ८ सय ५६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिद्वन्दी पुर्व अध्यक्ष राम बहादुर थापाले ८ सय मत प्राप्त गर्नुभएको छ । लेखा सदस्यमा सुस्मा बोहरा र पुष्पा चौधरी, संचालक समितिमा क्षेत्र नं.–४ खुल्लाबाट गोविन्द थारुले १ सय ७६ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ ।
क्षेत्र नं.–७ खुल्लाबाट उमा थारुले १ सय४९ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने उहाँको प्रतिद्वन्दी केशर बहादुर भण्डारीले ७७ मत प्राप्त गर्नुभएको थियो । शिव बहुउद्देश्यीय सहकारी संस्था लि. मधुवन नगरपालिका वडा नं.–१ सुर्यपटुवामा ३ हजार १ सय ३६ जना शेयर सदस्य रहेका छ्न भने १ हजार ७ सय ९२ मत खसेको निर्वाचन उपसमिति संयोजक ईन्द्र बहादुर सुनारले चुरेकुञ्जलाई जानकारी दिनु भयो ।