fbpx

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेसको दोस्रो बैठक सम्पन्न

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेसको दोस्रो बैठक सम्पन्न


भिमा कंडेल, बर्दिया । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेसको दोस्रो बैठक दाङ स्थित राप्ती गाउँपालिकाको मौरीघाटमा मंगलबार सम्पन्न भएको छ । प्रदेस अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा बसेको बैठकले विभिन्न एजेण्डामा छलफल गरी निर्णयहरु गरेको छ ।

लुम्बिनी प्रदेसका सबै जिल्ला तहमा प्रेस युनियनको अवस्था अनुगमन गरि फागुन १५ गतेभित्र कार्य समितीमा प्रतिवेदन पेस गर्न रोल्पा र बर्दियामा जमानसिंह केसी, दाङ र बाँकेमा पहलमान घर्ती, कपिलवस्तु र नवलपरासीमा शारदा मल्ल, गुल्मी र रुपन्देहीमा सुर्य भुषाल, प्युठान र अर्घाखाँचीमा कल्पना डुम्रे तथा पाल्पा र रुकुम पुर्वमा शम्शेर विक्रम केसीलाई जिल्ला प्रतिनिधिका रुपमा खटाइएको छ ।

नेपाल प्रेस युनियन प्रदेस समितिको नाममा कोष संचालन गर्न साइन रेसुङगा बैंक बुटवलमा नियमानुसार खाता खोलिने भएको छ । फागुन २० गतेभित्र नयाँ सदस्यता र नविकरण गरेका सदस्यहरुको विवरण विधानले तोकेको शुल्क सहित लुम्बिनी प्रदेश समितिमा पठाई सक्न केन्द्रिय निर्देशन अनुसार अनुरोध समेत गरिएको छ । सोही सन्दर्भमा छलफल गर्न फागुन १२ गते दिनको ११ बजे नेपाल प्रेस युनियन बर्दियाले वैठक आब्हान गरेको नेपाल प्रेस युनियन बर्दियाका सचिव दुर्गा आचार्यले जानकारी दिनु भएको छ ।

तपाइको मत