मानव–बन्यजन्तु द्वन्द घटाउन पहल गर्छु : जन्मजय तिमिल्सिना
- मंगलबार फाल्गुण ९ , २०७९
मुरली गोडिया, गुलरिया । लुम्विनी प्रदेस सांसद जन्मजय तिमिल्सिनाले बर्दिया राष्ट्रिय निकुञ्ज लगायत मध्यवर्ती क्षेत्रहरुमा भैरहेको मानव–बन्यजन्तु विचको द्वन्द न्युनिकरण गर्न पहल गर्ने बताउनु भएको छ । जिल्ला स्थित पत्रकारहरु सँगको भेटघाट कार्यक्रममा बोल्दै नेता तिमिल्सिनाले निकुञ्ज आसपास क्षेत्रको समस्यामा रहेको मानवीय एवम् धनजनको क्षती रोक्न सबैको सहकार्य आवस्यक रहेको उहाँको भनाई छ ।
आफ्नो क्षेत्र लगायत समग्र जिल्लाको लागि आफूले गर्न सक्ने जुनसुकै कामपनि सहजताका साथ गर्ने उहाँको प्रतिवद्धता छ । आफूलाई जिताउने सबै मतदाताहरुलाई धन्यवाद दिँदै जनताको कामका लागि कसैलाई दलिय विभेद नगरिने विस्वास उहाँले दिलाउनु भएको छ । निर्वाचनमा पत्रकार जगतबाट ठूलो सहयोग प्राप्त गरेको अनुभुति सुनाउँदै प्रदेस सरकार मार्फत बिकासको लागि आफू सधै तत्पर रहेको प्रष्ट्याउनु भयो । कुनै समस्या परे जुनसुकै बेला पनि मोबाईलबाट आफूलाई सम्पर्क गर्न उहाँले आग्रह गर्नु भएको छ ।