प्रजातन्त्र दिवसको अवसरमा बढैयातालको बजार क्षेत्र सफाई
- सोमबार फाल्गुण ८ , २०७९
दलबहादुर सुनार, बढैयाताल । प्रजातन्त्र दिवसको अवसरमा बढैयाताल गाउँपालिका वडा नं ८ मा प्रभातफेरी तथा सरसफाई गरिएको छ । फागुन ७ गते ७३ औं प्रजातन्त्र दिवसको अवसर पारेर प्रहरी, सामाजिक संघ संस्थाको सहकार्यमा वडामा प्रभातफेरी तथा सरसफाई गरिएको हो ।
बढैयाताल गाउँ पालिका वडा नं ८ पचासा चोकबाट सुभारम्भ भएको सरसफाई कार्य वडाको सिमाक्षेत्र, पशुपतिबजार, स्याउली बजार, कण्ठपुरचोक र सितलाबजार क्षेत्रमा गरिएको छ । फोहोर जम्मा गर्ने बाल्टिनको ब्यबस्था सहित सरसफाई गरिएको वडाले जनाएको छ । बढैयाताल गाउँपालिका ८ नं वडाका अध्यक्ष तेजनाथ पौडेलद्वारा बिहान ८ः३० बजे शुभारम्म गरिएको प्रभातफेरी तथा सरसफाई कार्यक्रम बढैयाताल गाउँपालिका वडा नं ८ सितला बजार सम्म गरिएको छ ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल (बिओपी) कण्ठपुरका सशस्त्र प्रहरी निरिक्षक गोपाल पोख्रेल, कालिका प्रहरी चौकीका ईन्चार्ज सहायक प्रहरी निरिक्षक गोबिन्द राना, सितला प्रहरी चौकीका ईन्चार्ज सहायक प्रहरी निरिक्षक अनकमान बुढामगर लगाएत सुरक्षाकर्मी, ८ की वडा सचिब स्वस्तिका पौडेल, पशुपति प्रा.बि.का प्रधानाध्यापक होमकृष्ण न्यौपाने, बिद्यार्थी, कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठ, स्थानिय युवा क्लबका प्रतिनिधि, बजार ब्यबस्थापन समितिका अध्यक्ष हरि दाहाल, जनप्रतिनिधी लगाएतको सहभागीता थियो ।
सरसफाई अभियानको समापन गर्दै वडा अध्यक्ष पौडेलले सरसफाई अभियानमा सहभागी सबैलाई लाई धन्यबाद दिदै सरसफाईले ब्यक्ति मात्र होईन समाजको पहिचान समेत दिने भएकोले बजार जस्ता सार्वजनिक क्षेत्रलाई सफासुग्घर राख्न सबैको चासो हुनु पर्नेमा जोड दिनु भएको छ । सार्वजनिक स्थानमा राखिएका फोहोर जम्मा गर्ने बाल्टिनमा फोहोर जम्मा गर्ने बानिको बिकास गर्न र बाल्टिनको सुरक्षा र संरक्षण गर्नु पर्ने अध्यक्ष पौडेलको भनाई छ ।