fbpx

जेष्ठ नागरिक बिरामीको घरमा तत्काल डाक्टर

जेष्ठ नागरिक बिरामीको घरमा तत्काल डाक्टर


केशव कोईराला, बर्दिया । राजापुर नगरपालिका वडा न ८ का अध्यक्ष राजेश थारुले जेष्ठ नागरिक बिरामी भएको थाह पाउने बित्तिकै घर घरमा डाक्टर पठाउने बताउनु भएको छ । जेष्ठ नागरिक नगर संघको तेस्रो बार्षिक साधारण सभालाइ बुधबार धोबिनिपुरमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष थारुले जेष्ठ नागरिकको ब्याक्ती गत बिकास र अन्य आवश्यकताका सम्बन्धमा आफुलाइ सल्लाह, सुझाव दिनुपर्ने भन्दै कार्यसमितिले आफुलाइ बेलाबेलामा झक्झकाए कामगर्ने हौसला मिल्ने बताउनु भयो । कार्यक्रममा बोल्दै बिशिष्ट अथिती ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष टोपराज घिमिरेले बृद्धअबस्थामा रहेका आमा बुवालाइ सम्मान पुर्वक बाच्न पाउने अधिकारको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउदै स्थानीय सरकारसँग आर्थिक स्रोत प्रयाप्त भएपनि न देख्ने न सुन्ने प्रवृत्ति रहेको आरोप लगाउनु भयो ।

जेष्ठ नागरिकलाई दिने सहुलियत नितिमा भएपनी ब्यबहारमा कार्यन्वयन हुन नसक्नु दुःखद भएको भन्दै अध्यक्ष घिमिरेले सो कुराको कार्यन्वयन गर्न स्थानीय प्रशासन लाग्नुपर्ने खाचो औल्याउँनु भयो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष चिन्तामणि आचार्यले आफू सदैब जेष्ठ नागरिकको पक्षमा रहेको बताउनु भयो । कार्यक्रममा संघका उपाध्यक्ष जिवराज रेग्मी, सदस्यद्वय राम प्रसाद चौलागाईं, टीकाराम जैसी लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभयो ।

संघका सचीव प्रजापती न्यौपानेले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्था सङ्ग भएको जिन्सी सम्पतिको तथ्यांक पेश गर्नुभयो । संघका नगर अध्यक्ष रणचन्द्र चौलागाईंले समापन गरेको उद्घाटन सत्रको संचालक पदम ऋषि चौलागाईंले गर्नु भएको थियो । कार्यक्रमको सामुदायिक रेडियो राजापुर एफ एम ८८.६ मेगाहर्ज बाट प्रत्यक्ष प्रसारण गरिएको थियो । यसै बिच संघले जिवराज रेग्मीको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति समेत चयन गरेको छ । चयन समितिको उपाध्यक्षमा रामप्रसाद चौलागाईं, सचिवमा प्रजापति न्यौपाने, कोषाध्यक्षमा, यशोदा गुरुङ, सहसचिवमा भुमानन्द भट्टराई अन्य ६ जना सदस्यहरु रहेका छन् ।

तपाइको मत