बाँसगढीका दुर्गाबहादुर थापाको ६८ बर्षमा नेपाली नागरिकता
- आइतबार फाल्गुण ७ , २०७९
विन्दु चौधरी, बाँसगढी । बर्दियाको बाँसगढी नगरपालिका ६ दमौलीका दुर्गा बहादुर थापाले ६८ बर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गर्नु भएको छ । १६ वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानुनी प्रावधान रहेपनि ६८ बर्षिय थापाले जीवनको उत्तरार्धमा नेपाली नागरिकता पाउनु भएको हो ।
इलाका प्रशासन कार्यालय बाँसगढी बर्दियाले हातमा नागरिकता थमाएपछि थापा बुढ्यौलीले छोएपछि बल्ल नेपाली नागरिक बन्न सफल हुनु भएको हो । बुढ्यौलीमा नागरिकता पाएपनि उहाँ निकै खुसी हुनुभएको छ । बाँसगढी नगरपालिका ६ का वडाध्यक्ष लाल बहादुर क्षेत्रीको नेतृत्वमा उहाँलाई नागरिकता प्रदान गरिएको हो । उहाँलाई शुक्रबार इलाका प्रशासन कार्यालयबाट वंशजको आधारमा नागरिकता दिइएको हो । वडामा नागरिकताबाट वञ्चित व्यक्तिहरू रहेको थाहा पाएपछि वडाध्यक्ष क्षेत्रीले नाता प्रमाणित, बाबुआमाको मृत्यु दर्ता प्रमाणित, जन्म दर्ता, प्रहरी मुचुल्का लगायत कागजात तयार गरी प्रशासनमा लगेपछि थापालाई नागरिकता दिलाउन सफल भएको उहाँले बताउनुभयो ।
बाँसगढी नगरपालिका वार्ड नं ६ कै समाजसेवी विष्णु परियारको सहयोगमा अपांग समेत रहनुभएका ६८ वर्षिया दुर्गा बहादुर थापाले नागरिकता प्राप्त गर्नुभएको होे । थापाको ४ वटा छोरा भएपछि काम विषेशले बाहिर हुँदा आफ्नै सहयोगमा नागरिकता प्राप्त गराइएको उहाँले बताउनुभयो । अब जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकारबाट प्राप्त हुने सेवा सुविधा बुझ्ने बाटो खुलेको छ । वडावासीलाई गाउँ–गाउँमा सिंहदरबारको अनुभूति दिलाउनका लागि उहाँ जस्तै अरु नागरिकताबाट वञ्चितहरूको खोजी गर्ने वहाँको भनाइ थियो । थापालाई नागरिकता दिलाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै उहाँ जस्तै अरुको खोजीमा लाग्न वडाध्यक्ष क्षेत्रीले आग्रह गर्नुभयोे ।