बिश्वासिलो सहकारीको मृत्यु भएका सदस्य परिवारलाई राहत
- शुक्रबार फाल्गुण ५ , २०७९
केशव कोइराला, बर्दिया । बिश्वासिलो बचत तथा ऋण सहकारी सस्थाको सदस्य बिस्तारित मन्चले मानपुर टपरा सेवाकेन्द्र मार्फत दुर्घटनामा ज्यान गुमाएका आफ्ना सदस्यको परिवारलाई राहत बितरण गरेको छ । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका करन सिंह चौधरीका श्रीमती सुमित्रा कुमारी थारु लाइ राहत बितरण गरेको हो ।
दुर्घटना बिमा मार्फत ४ लाख रुपैयाँ र ऋण बिमा बापत २ लाख ३० हजार रुपैयाँ गरि कुल ६ लाख ३० हजार रुपैयाँ राहत बितरण गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले बताउनु भयो । सहकारीले विभिन्न शिर्षकमा आफ्ना सदस्यहरुलाइ राहत बितरण गर्दै आएको छ । राहत बितरण कार्यक्रममा बोल्दै सहकारीका उपाध्यक्ष शिबलाल खत्रिले सहकारी बारे बुझ्न जरुरी रहेको भन्दै सदस्यहरुको मर्का सदैब सस्थाले बुझेको बताउनु भयो ।
कार्यक्रममा सहकारीका शिक्षा शाखा सदस्य काशीराम पोखरेल लगायत सदस्यहरु र सेवाकेन्द्रका पदाधिकारी सहभागी थिए । सहकारीले माघ २२ गतेबाट सदस्य बिस्तारित मंचमार्फत सदस्यहरूको सुझाव संकलन गर्दै आएको छ ।