न्यायको भिख होईन संबैधानिक अधिकार खोजेका हौं : दलित अधिकारकर्मी दुर्गा सोब
- बुधबार फाल्गुण ३ , २०७९
दलबहादुर सुनार, बढैयाताल । दलित महिला संघकी संस्थापक अध्यक्ष एवं दलित महिला अधिकारकर्मी दुर्गा सोबले दलित समुदायका नागरिकले कसैसंग न्यायको भिख होईन संबैधानिक अधिकार खोजेको बताउनु भएको छ । दलित महिला संघ बर्दियाले बढैयातालमा आयोजना गरेको सामाजिक न्यायमा दलित महिलाको पहुँच अभिबृद्धिका लागि सरोकार वालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी सोबले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि सोबले दलित समुदायको मानब अधिकाको सम्मान तथा हक हितको संरक्षण र संर्बद्धनका लागि जातिय भेदभाब र छुवाछुतको अन्त्य नहँुदा सम्म हामीले सोचे जस्तो सम्मृद्ध समतामुलक र न्यायपुर्ण समाजको परिकल्पना गर्न सकिदैन । आर्थिक सामाजिक तथा राजनैतिक अवसरबाट वञ्चितमा परेका दलित समुदायका लागि उपलब्ध साधन श्रोत तथा सुबिधामा समानुपातिक समाबेशी पहुँचको सुनिश्चितता गर्नुपर्ने उहाँको भनाई छ । बढैयातालले गरेको छुवाछुत मुक्त पालिका घोषण लाई महसुश हुने गरि ब्यबहारमा लागु गर्नका लागि स्थानिय सरकार, राजनितिक दल, अन्य सरोकारवालाहरुको भुमिका महत्वपूर्ण हुनेमा उहाँको जोड छ ।
छुवाछुत मुक्त घोषणा गरेका दिन लाई बार्षिक उत्सबको रुपमा मनाउन र सर्बपक्ष सरोकारवालाको सहभागितामा रणनीतिक योजना बनाउनु पर्ने सुझाब समेत दिनुभयो । कार्यक्रमका बिशेष अतिथि एंव बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले २०७८ साल चैत्र १३ गतेका दिन बढैयाताल गाउँ पालिकाका लाई छुवाछुत मुक्त पालिका घोषणा भएको भन्दै ब्यबहारमा कार्यान्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । कार्यक्रमका सहभागि तथा कार्यपालिका सदस्य आईतराम परियारले कानुनमा भएको ब्यबस्थालाई ब्यबहारमा कार्यान्वयन हुन नसकेको भन्दै मानबले मानबलाई सम्मानगर्दै पुरातन सोचमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
दलित अधिकारकर्मी कृष्ण बि.क.ले पालिकाले दलित शसक्तिकरणको लागि बजेट न्यून बिनियोजन गरेको भन्दै भौतिक बिकास मात्रै बिकास नभएकोले मानबिय बिकासको लागि उचित बजेटको ब्यबस्था हुनु पर्नेमा जोड दिनु भएको छ । मधेशी समुदायका दलित अधिकारकर्मी लक्षिराम रैदासले प्रकृतिले सबैलाई समान ब्यबहार गर्दछ तर सचेत प्राणी भनिने मानिसले मानिसलाई बिभेद गर्नु दुःखद कुरा भएको बताउनु भयो । बिभेदको स्वरुप बदलिएको अनुभब सुनाउदै उहाँले भन्नुभयो, पहिला पहिला गाउँ समाजमा हुने बिहे भोजमा निम्तो दिन्थे र अलगै राखेर खान दिन्थे तर अहिले निम्तो दिनै छोडे किनकी बिभेद गरेमा कार्वाहीमा परिने डरले पनि बोलाउन छोडेको उहाँको भनाई छ ।
कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी अधिकारी, दलित महिला संघकी केन्द्रिय अध्यक्ष कला स्वर्णकार, वडा नं ६ का अध्यक्ष शुक्रराज सापकोटा, एमाले बढैयातालका अध्यक्ष प्रेमराज त्रिपाठी, माओबादी केन्द्र बढैयातालका अध्यक्ष कर्णबहादुर थापा, दलित महिला सदस्य, क्याग समुहका सदस्य लगाएतले दलित समुदायका सवाल र समाधानका बिषयमा आफ्नो बिचार राख्नु भएको छ । दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले संचालन गरेको कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि, क्याग समुहका सदस्य, दलित समुदायवाट निर्वाचीत जन प्रतिनिधी, पत्राकार, दलित अधिकारकर्मी लगाएतको सहभागिता रहेको दलित महिला संघ बर्दियाले जनाएको छ ।
जातिय भेदभाब कु सस्कार कु सस्कृती र गलत मनोबृद्धिको उपज हो । यस्ता गलत तथा हानिकारक अभ्यासको अन्त्य गर्दै समुदायमा सद्भाब र समतामुलक समाज निमार्णमा सबैको ईच्छा शक्ति र प्रतिबद्धताको खाँचो देखिन्छ ।