ठाकुरबाबाको बगनाहामा मोतिबिन्दुको निःशुल्क अपरेशन
- बुधबार फाल्गुण ३ , २०७९
भिमा कंडेल, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ बगनाहा स्वास्थ्य चौकीमा ३ दिने निःशुल्क आँखाको मोतीविन्दु अप्रेसन शिविर संञ्चालन भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकाले आँखा शिविर संञ्चालन गरेको हो ।
शिविर फागुन ३ गते बुधवार देखि ५ गते शुक्रबार सम्म संचालन रहने बताईएको छ । विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा नपुगेका आँखाका विरामीहरुलाई मध्य नजरगर्दै ठाकुरबाबा नगरपालिकाको ९ वटै वडामा आँखा स्क्रिनिङ शिविर संचानल गरिएको थियो ।
उक्त शिविरमा मोतिविन्दुको समस्या देखिएका बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिने नगर पालिकाले जनाएको छ । ठाकुरबाबा नगरपालिकाले समयसमयमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । यसबाट न्युन आयस्तर भई स्वास्थ्य सेवाबाट बन्चित भएका नागरिकले स्वास्थ्य लाभ लिने अवसर पाप्त भएको सेवाग्राहीले बताएका छन् ।