राष्ट्रपति रनिङशिल्ड गुलरियाको उपाधी जनज्योतिले चुम्यो
- सोमबार फाल्गुण १ , २०७९
चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयर कप प्रतियोगितामा माध्यमिक तथा निम्न माध्यमिक विद्यालय तर्फको उपाधी जनज्योति सेकेन्ड्री स्कूलले हात पारेको छ । मावि तर्फ १७ स्वर्ण र निमावी तर्फ ३ स्वर्ण पटक प्राप्त गरी खेलमा उत्कृष्ट प्रर्दशन गरेको हो ।
मावि तर्फ जनज्योतिले १७ स्वर्ण, ५ रजत, २ कास्य पदक हात पारेको छ । ध्र्रुव मावि तुल्सीपुरले ३ स्वर्ण, ८ रजत, ७ कास्य, कोटही मावि तुलापुरले ३ स्वर्ण, ५ रजत र १ कास्य पदक प्राप्त गरेका छन् । मकदे मावि गुलरियाले २ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गरेको छ । निमावि तर्फ जनज्योति स्कूलले ३ स्वर्ण पदक जितेको छ । नेरामावि सुहेलवाले २ स्वर्ण, १ रजत र २ कास्य, गणेश विद्या मन्दिर शंकरवस्तीले १/१ स्वर्ण/रजत तथा नेरा शम्भुशरण मावि भैसाहीले २ रजत र १ कास्य पदक हात पारेका हुन् ।
प्राथमिक विद्यालय तर्फ बगलामुखी राधाकृष्ण थारु विद्यालयले २ स्वर्ण सहित प्रथम भएको छ । शान्ति आवि संगमवस्ती तथा श्री आवि दुधाले १/१ स्वर्ण पदक जितेका हुन् । भलवल, हाईजम्प, लंगजम्प, शटपुट, एथलेटिक्स लगायतका खेलमा आधारभुत, निमावि, मावि गरी ५४ वटा विद्यालयहरु प्रतिस्पर्धामा सहभागी थिए । प्रतियोगिताको सोमबार समापन भएको छ । गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमको अध्यक्षतामा कार्यक्रम समापन गरिएको हो ।
समापन कार्यक्रममा खेलका विभिन्न विधामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडी एवम् विद्यालयहरुलाई मेटल एवम् प्रमाणपत्र लगायत कप प्रदान गरिएको छ । खेल आयोजनामा सहयोग गर्ने रेफ्री, शिक्षक, पत्रकार, विद्यालयहरुलाई प्रशंसा पत्र दिईएको छ । गाउँसमाजमा लुकेर रहेका विद्यार्थीका प्रतिभा उजागर गर्न खेलकुद आयोजना गरिएको आयोजक समितिका संयोजक च्यामुलाल चौधरीले बताउनु भएको छ । खेलमा स्पर्धा गरेका बालवालिकाहरुले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलमा जित्न हिम्मत मिलोसभन्दै उपप्रमुख गौतमले शुभकामना दिनु भएको छ ।