मैना बहुरिया कपको उपाधी बढैयाताल ८ नम्बर वडाले जित्यो
- आइतबार माघ २९ , २०७९
दलबहादुर सुनार, बढैयाताल । बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरमा जारी मैना बहुरिया कप फुटवल प्रतियोगिताको बिजेता वडा नं ८ बनेको छ । बढैयाताल वडा नं (८) बि र वडा नं ६ (क) बिच सम्पन्न फाईनल खेलमा वडा न. ६ लाई १–० गोल अन्तरले पछिपार्दै वडा नं ८ ले प्रतियोगितामा जित हात पारेको छ ।
मैनापोखरको खेलमैदानमा सम्पन्न फाईनल खेलमा वडा नं ८ – (बि) का खेलाडी अरुण के.सी. (हिरो) को कप्तानी र वडा नं ६ (क) का खेलाडी आशिष थारुको कप्तानीमा भएको फाईनल खेलको पहिलो हाफमा ८ न. वडाका जर्सि नं ७ का खेलाडी पवन बिष्ठले हानेको गोलले वडा नं. ८ लाई जिताएको ८ का टिम कोचर बिबेश गुरुङ्गले बताउनु भयो । पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि एवं वडा न. ६ का अध्यक्ष शुक्रराज सापकोटाले प्रतियोगितामा बिजेता टिमलाई ३० हजार रुपैया सहित मेडल, ट्रफी र प्रमाण पत्र र उप बिजेता टिमलाई १५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गर्नु भएको क्लबले जनाएको छ ।
बढैयाताल ६ नं वडा कार्यालय र जिल्ला फुटबल संघ बर्दियाको समन्वयमा माघ २२ गते देखि संचालन भएको प्रतियोगितामा बढैयातालका १० टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा कृष्णसार बिद्या निकेतन मैनापोखर, सहायक प्रायोजकमा सिटिजन बैंक ईन्टरनेशनल मैनापोखरले सहकार्य गरेका हुन् । प्रतियोगितालाई सफल पार्न मैना बहुरिया यूवा क्लबका पुर्व खेलाडी, स्थानिय उद्योगि, ब्यापारी, शिक्षक, संघ सस्थाको आर्थिक तथा जिन्सि सहयोग रहेको थियो भने फाइनल खेलको मुख्य रेफ्रीमा सुदिप घर्ति रहेको क्लबले जनाएको छ ।