fbpx

लैगिकमैत्री शिक्षाको नेतृत्व लिन्छौ : नगर प्रमुख छविलाल थारु

लैगिकमैत्री शिक्षाको नेतृत्व लिन्छौ : नगर प्रमुख छविलाल थारु


चुरेकुञ्ज, बर्दिया । जननिर्वाचित महिला पदाधिकारीहरुका लागी शिक्षामा लैगिक रुपान्तरण तथा नेतृत्व बिकास तालिम बारबर्दियाको जयनगरमा शुरु गरिएको छ । लैगिंक मैत्री गुणस्तिरिय शिक्षा, तथा महिलाहरुको नेतृत्वमा पहुँच भन्ने मुल उदेश्यका साथ तालिम शुरु गरिएको छ ।

प्लान इन्टरनेशन नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारिमा सिकाइ परियोजना अन्तरगत तालिमको आयोजना गरिएको हो । उद्घाटन सत्रको प्रमुख अथिति बारबर्दिया नगरपालीकाका नगर प्रमुख छबीलाल थारुले प्लान इन्टरनेशनल नेपालको साझेदारिमा स्याक नेपाल बाँकेले बिगत लामो समयदेखि शिक्षामा गुणस्तिर बृद्धिका लागी नगरपालीका संगको समन्वयमा कामहरु गरिरहेकोभन्दै खुशी ब्यक्त गर्नु भएको छ । संस्थाले संचालन गरेका हरेक कृयाकलाप उपलब्धी मुलक रहेको बताउनु भयो । सस्थाले परियोजना संचालन पछि स्थानिय सरकार नपुगेको स्थानमा भौतिक पुर्वाधार निर्माण, प्रबिधि मैत्री शिक्षा का लागी आइसिटि सहयोग, पुर्व प्राथामिक तहमा नमुना कक्षाकोठा ब्यबस्थापनका लागी सामाग्री सहयोग, अभिभावक शिक्षा जस्ता कृयाकलाप संचालन बाट बिद्यालय स्तरमा सिकाइ उपलब्धी बृद्धि भएको बताउनु भएको छ ।

संस्थाले निर्वाचित जन प्रतिनिधिहरुको शिक्षा क्षेत्रको गुणस्तिरीय शिक्षा कायम गर्न र शिक्षाका क्षेत्रमा नेतृत्व प्रदान गर्नका लागी नेतृत्व बिकास तालिमको आयोजना गरि क्षमता बिकासको क्षेत्रमा टेवा पु्याए बाफत स्याक नेपाल बाँके तथा प्लान इन्टरनेशनल लाइ धन्यबाद दिनु भयो । मन्तब्यका क्रममा तालिम तालिमा मात्र सिमित नभइ जनता बाट निर्वाचित पदाधिकारी भएकाले जनताको हरेक काममा नेतृत्व प्रदान गर्न सक्षम तथा सबल नागरिकको रुपमा बारबर्दिया नगरपालीकाका जनप्रतिनिधिहरु लागीरहनु भएको प्रष्ट्याउनु भयो । तालिमलाइ प्रभावकारी रुपमा लिनुहुने अपेक्षा रहेको बताउदै वडा तथा पालीका स्तरमा हुने बिभिन्न कार्यक्रममा सक्रिय सहभागीता जनाउने उहाँको प्रतिबद्धता छ ।

बारबर्दिया नगरपालीकाको लैगिक मैत्री गुणस्तिरिय शिक्षाका लागी पैरबि हुने आशा लिएका छौं । आफुपनी संघ सस्थाको सुभचिन्तक भएको र सस्थाले गर्ने हरेक कृयाकलापमा सहभागी भइ कार्यक्रमले दिर्घकालिन रुपमा बारबर्दियाको समग्र बिकासका लागी सबै संघससथा संग वकालत तथा पैरबि गर्ने उहाँको भनाई छ । जनप्रतिनिधिहरुको क्षमता बिकास तालिम आयोजना गर्नका लागी सस्था संगको समन्वयकारी भुमिका निर्वाह गरि क्षमता बिकास तालिम शुरु गरिएको नगर उपप्रमुख रत्ना कुमारी पाण्डेले बताउनु भयो ।

तालिम समुद्घाटन सत्रमा स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले बिगत ४ बर्षदेखि सस्थाले शिक्षा क्षेत्रमा टेवा पुयाउने उदेश्यका साथ बालबालीकाहरुको सिकाइ उपलब्धी बृद्धि गर्न र बालीकाहरुको नियमित बिद्यालयमा सत प्रतिशत उपस्थितीका लागी शिक्षकहरुको क्षमता बिकास तालिम, बालबालीकाहरुको बसाइ ब्यबस्थापनका लागी कक्षाकोठा मर्मत सम्भार, भौतीक पुर्वाधार निर्माण, नमुना कक्षा कोठा ब्यबस्थापनका लागी आबश्यक सामाग्री सहयोग, बिद्यालयमा अभिभावक कक्षा संचालन, सिकाइ उपलब्धी कमजोर भएका बालीकाकाहरुका लागी श्रोत कक्षा संचालन सस्थाबाट संचालन भएको छ । पालीका स्तरको शिक्षा निति, शिक्षा योजना, स्थानिय पाठ्यक्रम र बारबर्दिया नगरपालीकाको पाश्र्वचित्र निर्माणका लागी प्राबिधिक तथा आर्थिक सहयोग समेत गरेको छ ।

३ दिन सम्म संचालन हुने तालिमा शिक्षाका लैगिक रुपान्तरण मुखी अबधारणा, लैंगिक भूमिकाहरु लैङ्गिक रूपान्तरण दृष्टिकोण, लैङ्गिक रूपान्तरण शिक्षा, लैङ्गिक रूपान्तरण शिक्षाका पक्ष र तत्वहरू, स्थानीय सरकार सञ्चाल ऐन २०७४, स्थानीय सरकारका जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार, महिला, दलित महिला सदस्य तथा कार्यपालिकाका सदस्यहरूको काम, कर्तव्य र अधिकारहरू, नेतृत्व बिकास संघीयता र विभिन्न तहका सरकारका अधिकारहरू, महिला नेतृत्व विकासका आधारभुत सिपहरु लगायत विभिन्न कानुनी व्यवस्था बारे तालिममा छलफल हुने छ ।

तालिममा सहजकर्ताको रुपमा बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा कृयाशिल अधिवक्ता राजकुमार चौधरीले रहनु भएको छ । तालिम समुदघाटन सत्रमा स्वागत मन्तब्य संस्थाका कार्यसमिती सदस्य बबिता सिंह ले गर्नु भएको थियो भने कार्यक्रम संचालन परियोजना प्रमुख लक्ष्मी प्रसाद शर्मा ले गर्नु भएको छ । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा नं ८ का वडा अध्यक्ष, सामाजिक बिकास समितीका संयोजक, कार्यपालिका सदस्य, वडा सदस्य गरि २८ जनाको सहभागीता रहेको फिल्ड सुपरभाइजर सिमा वलीले जानकारी दिनुभयो ।

तपाइको मत