fbpx

गुलरियामा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु (तस्विर)

गुलरियामा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु (तस्विर)


चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिकाको आयोजनामा बिहिबारदेखि गुलरियाको कभर्ड हलमा गुलरिया नगरपालिका स्तरिय चौथो राष्ट्रपति रनिंग शिल्ड तथा तेस्रो मेयरकप खेलकुद प्रतियोगिता शुरु भएको छ । संघीय सांसद एवम् पूर्व सिंचाई मन्त्री संजय कुमार गौतमले पानसमा दीयो बाली प्रतियोगिताको उद्घाटन गर्नु भएको छ ।

????????????????????????????????????

नगरका आधारभुत, निमावि, मावि, गरी ५४ वटा विद्यालयहरु प्रतियोगितामा सहभागी जनाएका छन् । समुद्घाटन पश्चात विद्यालयहरुले मार्चपास प्रस्तुत गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी गौतमले शैक्षिक क्षेत्रको विकासमा खेलकुद महत्वपूर्ण हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनु भयो । बर्दियामा गुणस्तरिय कृषि विद्यालयको आवस्यकता रहेको औलाउँदै सो स्थापनाको लागि आफू लागि परेको बताउनु भएको छ । कृषि विद्यालय मार्फत विदेशीने जनशक्ति स्वदेशमै रोक्न महत्वपूर्ण हुने उहाँको जिकिर छ ।


कार्यक्रमका अध्यक्ष गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले खेलकुद प्रतियोगिताका लागि यस पटक न्युन बजेट रहेकोले अर्को पटक यथेष्ट बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । आधारभुत १० हजार, निमावि १५ हजार र माविलाई २० हजार रुपैयाले खेलकुद गर्न बजेट अपर्याप्त हुने बताउनु भयो । नगरका जेहेन्दार विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा अध्ययनका लागि नगरबाट कोष स्थापना गर्ने प्रमुख यादवले घोषणा गर्नु भएको छ ।


????????????????????????????????????

खेलकुद प्रतियोगितामा प्रतियोगितामा छात्र छात्रा भलिवल, कबड्डी, सटपट थ्रो, ज्यावलिङ थ्रो, हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, हिट, दौड लगायतका खेलहरुमा प्रतिस्पर्धा गराईने बताईएको छ ।

????????????????????????????????????

तपाइको मत