fbpx

बन विज्ञानका विद्यार्थीलाई क्यामेरा ट्रयापिंग तालिम

बन विज्ञानका विद्यार्थीलाई क्यामेरा ट्रयापिंग तालिम


चुरेकुञ्ज, हेटौंडा । बन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई क्यामेरा ट्रयापिंग तथा बन्यजन्तु अनुगमन तालिम दिईएको छ । बन्यजन्तु सप्ताहको अवसर पारेर त्रिभुवन विश्वविद्यालय (टियू), कृषि तथा बन विश्वविद्यालय (एएफयू) र बन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसमा स्नातक तथा स्नाकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई तालिम दिईएको हो ।

तालिममा १ सय १० जनाको सहभागीता रहेको टियूका उप–प्राध्यापक एवम् क्यामेरा ट्रयापिंग विज्ञ शैलेन्द्र यादवले बताए । तालिम मार्फत विद्यार्थीहरुमा प्रविधिबारे बुझ्ने र जंगलमा गरिने अनुगमनका बारेमा दक्षता दिएका छौं । तालिमबाट प्राविधिक लगायत बन्यजन्तुको अनुगमन सम्वन्धी ज्ञान हासिल गर्न मद्दत पुगेको बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्वर ९ का एक सहभागी विद्यार्थीले बताए ।

तालिममा प्रमुख अतिथी पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाह, एएफयूका डिन प्राध्यापक डाक्टर बलराम भट्ट, टियूका प्राध्यापक योगेन्द्र यादव, हेटौडा क्याम्पसका प्रमुख विजय यादव, जुलोजिकल सोसाईटी (जेडएसएल) नेपालका प्रचण्ड मर्हजन लगायतका विज्ञहरुको सहभागीता थियो । क्यामेरा ट्रयापिंग विज्ञ शैलेन्द्र यादव लामो समयदेखि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम अन्र्तगत बाघ सम्वन्धी अनुगमन अनुसन्धानमा अब्बल मानिन्छन् ।

केही बर्ष अघि वेलायती राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणका बेला यादवले क्यामेरा ट्रापिंगका बारेमा व्रिफिंगगर्दै प्रयोग गरेर अवलोकन गराएका थिए । बर्दियामा बढी रहेको बाघको संख्यामा उत्साहित हुँदै यादवले स्थानिय र बाघविच बढेको द्वन्द प्रति चुरेकुञ्ज मार्फत चिन्ता ब्यक्त गरेका छन् ।

तपाइको मत