बाँसगढीका टोलबिकास तथा बडघर संस्थालाई अभिमुखीकरण
- बुधबार माघ २५ , २०७९
विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिका अन्र्तगत टोल विकास संस्था र बरघर संस्थाहरुलाई वडास्तरिय अभिमुखिकरण गरिएको छ । नगरपालिकाको आयोजनामा नगर भित्रका ९ वटै वडामा गठन भएका टोल विकास संस्था र बरघर संस्थाका पदाधिकारीहरुलाई संस्थाप्रतिको काम, कर्तब्य, अधिकार सम्बन्धि १ दिने अभिमुखिकरण दिइएको हो ।
बाँसगढी नगरपालिका वडा ३ मा संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ जनालाई तालिम दिईएको नगरपालिकाका योजना तथा अनुगमन शाखा अधिकृत खड्ग बहादुर वलीले जानकारी दिनु भएको छ । उक्त वडामा टोल विकास संस्था र बरघर सस्था गरी २६ वटा संस्था गठन भएका छन् । अभिमुखिकरण कार्यक्रममा बाँसगढी नगरपालिकाका योजना शाखाका अधिकृत खड्ग बहादुर वलीले पदाधिकारी हरुलाई विधानमा भएका कुरा र उनीहरुको काम कर्तव्य, हक अधिकार सम्बन्धी जानकारी गराउनु भएको छ । त्यसैगरी आर्थिक प्रसारण शाखाका प्रमुख धन बहादुर चन्दले संस्थालाई योजना संम्झौता र भुक्तानी गर्ने बेला आईपरेको समस्या र समाधानको बारेमा सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै योजनाको लागत अनुमान स्टिमेट, योजना अनुगमन सम्बन्धी जानकारी बासँगढी नगरपालिकाका इन्जिनियर बलराम पौडेलले गराउनु भएको थियो । वडा नं ३ का वडाअध्यक्ष रामचन्द्र थारुको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा वडाका २६ वटा संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । माघ २३ गतेदेखि शुरु भएको अभिमुखिकरण बाँसगढी नगरपालिका वाड नं २ र वाड नं ४ मा गरिसकेको छ, भने अन्य वडामा गर्न बाकी छ । बाँसगढी नगरपालिकाले उपभोक्ता समितिलाई विस्थापित गर्दै सरकारी निकायमा दर्ता भई स्थायी लेखा नम्बर भएका संस्थाबाट मात्रै योजना सम्पन्न गर्ने निती लिएको छ । बाँसगढी नगरपालिकामा टोल विकास संस्था र बरघर सस्था गरि १ सय ४३ वटा संस्था गठन भएका छन् ।