जैविकमार्गका बन्यजन्तु प्रभावितहरुलाई शिपमुलक तालिम
- बुधबार माघ २५ , २०७९
विष्णु अधिकारी, बर्दिया । वन्यजन्तुबाट प्रभावित हरुका लागि शिपमुलक तालिम संचालन गरिएको छ । मधुवन नगरपालिका खाता जैविक मार्ग अन्तर्गत वन्यजन्तु पिडित महिला तथा पुरुषहरुका लागि आधारभुत सिप विकास तालिम संचालनमा ल्याईएको हो ।
खाता सामुदायिक वन समन्वय समिति मधुवनमा तालिम संचालनमा आएसंगै स्थानीय हरुको वनमा आश्रित व्यवसायमा कमि आउने अपेक्षा राखि शिपमुलक तालिम सुरु भएको हो । वन्यजन्तुका कारणले पिडित महिलाहरुका लागि १ महिने डल, कुशन बनाउने तालिम तथा पुरुषहरुका लागि २ महिने प्लम्विङ्ग र टायल ओछ्याउने तालिम संचालन भैरहेको छ । तालिम लिन सुरु गरे संगै वन्यजन्तु जोखिम स्थानमा वसोवास गर्ने स्थानीय हरु खुशी भएका छन । वन्यजन्तुका कारण पटक पटक जनधनको क्षति व्योहोर्दै आएका स्थानीयहरु निःशुल्क शिपमूलक तालिमबाट शिप सिकि वन आश्रित व्यवसायमा कमि आई वन्यजन्तुको जोखिमबाट हुने क्षतिमा न्युनिकरण आउने तालिममा सहभागिको विस्वास छ ।
तालिममा सहभागि मधुवन नगरपालिका वडा नं. ३ की पुष्पा चौधरीको सिकेको सिप व्यवहारिक जिवनमा उतारी आर्थिक आयआर्जनको पाटोलाई बलियो बनाउने लक्ष्य छ । तालिममा कुशन र गुडिया बनाउन सिकेकाले घरमै बसेर पनि आफुहरुले तालिमबाट सिकेको सिपलाई निरन्तरता दिन्छु । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षमा खाता जैविक मार्ग हुदै वन्यजन्तु ओहोरदोहोर गर्ने भएकाले यस क्षेत्रमा वन्यजन्तुको चहलपहल बढि हुने भएकाले वनमा मात्र आश्रित हुँदा मानवीय तथा भौतिक क्षति व्यहोर्नु परेको उहाँको दुःखेसो छ ।
वन्यजन्तुको चहपहल संगै यस क्षेत्रमा वसोवास गर्ने स्थानीयको अन्नवालि घरवपालुवा जनावर तथा पटक –पटक मानविय क्षति व्योहोर्नु परेको छ । वनमा आश्रित भई जीवन यापन गरिरहेका स्थानीय हरु सवैभन्दा बढि वन्यजन्तुबाट पिडा भोग्नु पर्नै बाध्यतालाई न्युनीकरण गर्नका लागि दिईएको शिपमुलक तालिमले वन्यजन्तुबाट हुने जोखिबाट राहत मिल्ने तालिममा सहभागिको बुझाई छ । सिकेको शिपलाई व्यवसायिक वैकल्पिक रोजगारको रुपमा प्रयोग गर्नै सहभागीले बताउनु भयो ।
खानेपानी तथा वाथरुममा टायल विछ्याउने तालिम लिइरहेनु भएका मधुवन नगरपालिका वडा नं. २ सोनाहाका कालुराम थारुले तालिममा सहभागिहरु सबै वन जंगलको छेउमा बसोबास गर्ने हुँदा वन्यजन्तुबाट आफुहरु पिडित भएको गुनासो गर्नुभयो । आफुहरुले लगाएको बाली हात्ति, गैडा, चित्तलहरुले नोक्सान गरिदिने भएकाले जिवन यापन गर्न कठिन भैरहेको बेला जिवन उपयोगि सिप सिक्न पाएकोमा खुशी छौं ।
तालिमबाट जीवन उपयोगि सिप सिकेर जीवन स्तर सुधार्न सकिने भएकाले तालिममा सहभागी भएको हुँ । आफुहरु बाहिर ज्यालादारि काम गर्न जादा लेबर भएर जाने गरेकाले अब तालिम सिकेपछि मिस्त्रीको रुपमा काम गर्ने खुशी उहाँमा झल्क्न्थ्यो । खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले वन संरक्षण गरि पर्यापर्यटनमा सहयोग पु¥याए वापत वन्यजन्तुबाट पिडित परिवारका ३० जना परिवारलाई जीवन उपयोगी तालिम दिइएको चुरेकुञ्जलाई बताउनु भयो । तालिम पछि यहाँका महिला तथा पुरुषहरुलाई स्वरोजगार बनाई वन र वन्यजन्तुको संरक्षणको पाटो पनि सिकाउनका लागि तालिमले भुमिका खेल्छ । तालिमबाट सिकेका कुराले स्वरोजार बन्न मद्दत पुग्छ । उहाँले भन्नुभयो वनमा आश्रित परिवार कम गराउने उद्देश्यले तालिम दिइएको छ । शिपमुलक तालिमबाट स्थानीय स्वरोजगार भई संरक्षणमा पनि थप टेवा पुग्ने खाता सामुदायिक वन समन्वय समितिका गुरुङ्गको भनाई छ ।
तराई भू—परिधि कार्यक्रमको सहयोगमा खाता सामुदायिक वन समन्वय समितिले शिपमुलक तालिम माघ १५ गते देखि फागुन १५ गते सम्म सञ्चालन गरेको छ । डल कुशन तालिम संचाल भईरहेको छ । प्लम्विंग, टायल सम्बन्धि सिप विकास तालिम माघ ५ गते बाट चैत्र ५ गते सम्म संचालन छ । तालिममा डल कुशन १५ जना महिला र प्लम्विङ तथा टायल तालिममा १५ जना पुरुषले शिप सिकिरहेका छन् । खाता जैविकमार्ग क्षेत्राधिकार भित्ररहेका स्थानीहरुले वन वन्यजन्तु संरक्षण गरेवाफत शिपमुलक तालिम प्रदान गरेको हो । सरकारले वन वन्यजन्तु संरक्षणका लागि विभिन्न प्रयास गरेपनि वन्यजन्तु पिडित तथा वन्यजन्तु मैत्री भौतिक पूर्वाधार तथा वैकल्पिक रोजगारमा ध्यान पुर्याउन नसक्दा वन्यजन्तुबाट हुने विभिन्न खाले क्षति दिन प्रतिदिन बढ्दै गइरहेको छ ।