बाँसगढी रनिङ्ग शिल्डको उपाधी नेपाल राष्ट्रिय माविले चुम्यो
- बुधबार माघ २५ , २०७९
विन्दु चौधरी, बाँसगढी । बर्दियाको बाँसगढीमा सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको माध्यमिक विद्यालय तर्फको उपाधी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुर र आधारभुत विद्यालय तर्फ नेरा मावि बाँसगढीले हात पारेको छ । बाँसगढी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विभिन्न विद्याका खेलहरुमा प्रतिस्पर्धा गराईएको थियो ।
मावि तर्फ नेरा मावि लक्ष्मणपुरले १७ स्वर्ण, ८ रजत र ९ कास्य गरी ३५ पदक प्राप्त गर्दै रनिङ्ग शिल्ड उचालेको हो । बर्दियाको बाँसगढी ८ रिहारपुरको नगर स्तरीय खेलमैदानमा सम्पन्न रनिङ्ग शिल्ड प्रतियोगितामा मावि तर्फ लक्ष्मी मावि चेपाङ्ग ८ स्वर्ण, ९ रजत र ३ कास्य पदक सहित दोस्रो भएको हो । त्यस्तै नेरा मावि बाँसगढी ७ स्वर्ण, ३ रजत र ६ कास्य पदक सहित तेस्रो भएको छ भने पृथ्वी मावि लखना ३ स्वर्ण, २ रजत, ५ कास्य पदक सहित चौथो भएको छ ।
त्यस्तै आधारभुत विद्यालय तर्फ २ स्वर्ण र २ रजत पदक सहित आसदच मावि दोस्रो भएको छ भने २ स्वर्ण, २ कास्य पदक सहित रामजानकी मावि भैसासुर तेस्रो भएको छ । प्रतियोगितामा छात्र छात्रा तेक्वान्दो, कराँते, भलिवल, कबड्डी, सटपट थ्रो, ज्यावलिङ थ्रो, हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, हिट, दौड लगायतका खेलहरुमा प्रतिस्पर्धा गराईएका थिए । प्रतियोगितामा विभिन्न विद्यामा प्रथम, द्धितिय, तृतिय खेलाडी, उत्कृष्ट खेलाडीहरुलाई नगर प्रमुख खडक बहादुर खड्का, वडा अध्यक्ष लगायत विभिन्न व्यक्तित्वहरुले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको छ ।
प्रतियोगिता सफल पार्न सहयोग गर्ने सहभागि विद्यालय, विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई समेत प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको आयोजकले जनाएको छ । बाँसगढी नगरपालिकाको आयोजना र रामजानकी मावि भैसासुरको संयोजन तथा व्यवस्थापनमा माघ २० गते देखी २४ गते सम्म सञ्चालन गरिएको प्रतियोगितामा मावि र आधारभुत विद्यालय गरी ३० विद्यालयहरुले सहभागिता रहेको थियो ।