पढ्न पठाऊ बा आमा
- मंगलबार माघ २४ , २०७९
आयुशा चौधरी, कक्षा १० (ए) ।
पढ्न पठाऊ बा आमा
पल्ला घरकी सानी नानी, स्कूल जान थालिन् रे
झोलाभित्र किताब कापी, कलम हालिन् रे ।
मलाई पनि ए बाबा, पठाइदिनु स्कुल
नपढे त असल मान्छे, हुन मुस्किल ।।
पढ़ने लेख्नेहरू त, असल ज्ञानी हुन्छन् रे
ज्ञान, बुद्धि हेरेर, सबैको मन छुन्छन् रे ।
सानी नानीका बा आमा, सारै असल रहेछन
छोरी पनि पढाउन, कुरा बुझने भएछन् ।
बगलामुखी राधाकृष्ण थारु मावि, गुलरिया, बर्दिया