सीमा क्षेत्रबाट ब्राउन सुगर सहित पाँच जना पक्राउ
- सोमबार माघ २३ , २०७९
दलबहादुर सुनार, बढैयाताल । प्रहरीले नेपाल भारत सिमा क्षेत्रबाट ब्राउन सुगर सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले बढैयाताल गाउँपालिका वडा नम्वर २ फुटाह वाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरिक्षक कमल क्षेत्रीको कमाण्डमा गएको गस्ति टोलीले नेपाल भारत सिमा स्थित फुटाहावाट एक भारतीय नागरिक सहित पाँच जनालाई मंगलवार बेलुकी नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट १ हजार ४० मिलि ग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बढैयाताल गाउँ पालिकाका वडा नम्बर ६ बस्ने बर्ष १८ का बबिस श्रेष्ठ, बर्ष १८ का अमिर सल्मानी, बर्ष २२ का सद्दाम हुसेन पक्राउ परेका हुन् । श्रेष्ठ, सल्मानी र हुसेन बढैयाताल ६ निवासी हुन् । त्यसै गरी बाँसगढी नगरपालिका २ का ३५ बर्षीय बिशाल बुढामगर र बहराईज जिल्ला मोतिपुर थाना ग्राम मटेही कला बस्ने ३५ बर्षिय भारतिय नागरिक इद्रिस खानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल–भारत आउने जाने बाटो स्थित बढैयातालको फुटाहाबाट प्रहरीको गस्ति टोलिले संकास्पद रुपमा भारतबाट नेपाल तर्फ आउदै गरेका एक भारतीय नागरिक सहित ५ जनामा खान तलासी गर्दा ४ जना नेपालीको साथवाट उक्त परिणामको लागु औषध ब्राउन सुगर जस्तो पदार्थ भेटिएकोले तत्कालै पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक क्षेत्रीले जानकारी दिनु भएको छ । भारतीय नागरिकको साथमा कुनै लागु औषधको बस्तु फेला नपरेको तर भारतीय नागरिक खान एउटै साईकलमा सवार भएकोले अनुसन्धान भइरहेको उहाँको भनाई छ ।