fbpx

स्वयंसेवी रक्तदाता समाज बाँसगढीको अध्यक्षमा पुनः परियार

स्वयंसेवी रक्तदाता समाज बाँसगढीको अध्यक्षमा पुनः परियार


विन्दु चौधरी, बाँसगढी । नेपाल स्वयंसेवी रक्तदाता समाजको नयाँ कार्यसमिति गठन भएको छ । शनिबार बाँसगढीमा सम्पन्न समाजको दोस्रो नगर अधिवेशनबाट पुनः विनोद कुमार परियारको नेतृत्वमा नयाँ कार्य समिति सर्बसम्मत गठन भएको हो ।

आगामी दुई बर्षका लागि गठन भएको १३्र सदस्यीय उक्त कार्यसमितिको उपाध्यक्षमा कृष्ण प्रसाद सुवेदी, सचिव विजय भन्डारी, सहसचिव हरि पौडेल र कोषाध्यक्ष विन्दु चौधरी रहनु भएको छ । सदस्यहरूमा क्रमशः देवराज अधिकारी, शंकर सापकोटा, सुनिता वि.क., केशव अधिकारी, राजसिंङ थारु प्रेम परियार, मोहम्मद मोसिरङ गुज्जर र राम किशन चौधरी रहनुभएको छ । समाजको दोस्रो नगर अधिवेशनमा बासँगढी नगर उपप्रमुख इन्द्रिरा चौधरीले रक्तदान मानव जीवनकै सबैभन्दा पूण्य कार्य भएको भन्दै समाजको माध्यमबाट धेरैलाई नयाँ जीवन दिने बताउनुभयो ।

उहाँले नेपाल स्वयंसेवी रक्तदाता समाजले गर्ने हरेक रक्तदान कार्यलाई सफल बनाउन नगरपालिकाले सम्पूर्ण तबरले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष प्रेम लम्सालले प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्य र कर्तब्य रहेको र निःशुल्क रगत पाउनु पिडितपक्षको नैसर्गिक अधिकार भित्र रहेकोले सबैलाई यो कार्यमा सहभागीहुन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला उपाध्यक्ष सन्तोष बास्तोला, नेकपा एमालेका नगर इन्चार्ज नैन बहादुर खत्री, बाँसगढी बहुमुखि क्याम्पसका प्रमुख इश्वरी प्रसाद रिजाल, स्वयंसेवी रक्तदाता समाजका सल्लाहकार एकनारायण अधिकारी लगाएतको उपस्थिती थियो ।

तपाइको मत