fbpx

राजापुरमा सहकारीलाई नगरपालिकाको नेतृत्व बिकास तालिम

राजापुरमा सहकारीलाई नगरपालिकाको नेतृत्व बिकास तालिम


केशव कोईराला, बर्दिया । राजापुर नगरपालिकाले २ दिने सहकारी शिक्षा र नेतृत्व बिकास सम्बन्धि तालिमको आयोजना गरेको छ । सहकारीको सबलिकरणका लागि तालिमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै राजापुर नगरपालिका वडा ४ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बिदुर पोखरेलले सहकारी बचाउन सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । सहकारीको बिकासमा नगरपालिका सदैब सकारात्मक रहेको पोखरेलले धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका लेखा प्रमुख वसन्त मल्लले सहकारीले बित्तीय अस्वस्थता ब्यबस्थापनमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहकारी संजालका सदस्य तथा कार्यक्रमका संयोजक टिकाराम रेग्मीले स्वागत मन्तव्य ब्यक्त गर्दै सहकारी मर्जका नाममा बेथिति आएको भन्दै सहकारीले समाजमा अस्तित्व कायम राख्नुपर्ने बताउनु भयो । सहकारी सन्जालका सदस्य चन्द्र बिकले संचालन गरेको कार्यक्रमको अध्यक्षता संजालका उपाध्यक्ष शान्ति केशीले गर्नुभएको थियो ।

तपाइको मत