राजापुरको अमर शहीद क्याम्पसलाई महालक्ष्मी बैंकको सहयोग
- शुक्रबार माघ २० , २०७९
केशव कोईराला, बर्दिया । महालक्ष्मी बिकाश बैंकले सामाजिक उत्तर दायित्व अन्र्तगत अमर सहिद दशरथ बहुमुखी क्याम्पस राजापुरलाई खानेपानी फिल्टरका लागि सहयोग हस्तान्तरण गरेको छ । बैंकका प्रबन्धक शेर बहादुर बिकले ७५ हजार रुपैयाको चेक हस्तान्तरण गर्नु भएको हो ।
बैंक के हो र किन आवश्यक छ, खाता किन खोल्ने लगायतका बिषयमा क्याम्पसका बिद्यार्थीहरुलाइ बैंकका कर्मचारी राजेन्द्र रावल तथा दिपक राज ओझाले सहजीकरण गर्नुभयो । क्याम्पस प्रमुख अनिल दत्त चौधरीले महालक्ष्मीको साथ प्रसंशनिय रहेको भन्दै बैंक पैसाको सुरक्षाको साथी भएको बताउनु भएको छ ।
बैंकका प्रमुख शेर बहादुर बिकले बैंकमा विभिन्न खाले सुबिधा रहेको भन्दै ५१ रुपैयाँमै खाता खोल्न सकिने जानकारी दिनुभयो । सो खातामा धेरै सुबिधा रहेको सहभागी माझ प्रमुख विकले प्रष्टपार्नु भयो । कार्यक्रमको संचालन बैंकका कर्मचारी भगवती रावलले गर्नु भएको हो ।