मुलुकी देवानी संहिता पश्चिमा थारु भाषामा प्रकाशन गरिने
- बिहिबार माघ १९ , २०७९
विन्दु चौधरी, बाँसगढी । मुलुकी देवानी संहिता २०७४ लाई पश्चिमा थारु भाषामा प्रकाशन गर्नका लागि भएको अन्तर्कृया कार्यक्रममा सहभागीहरुले फाल्गुन मसान्त सम्म कामगरी सक्ने निर्णय गरेको छ । प्राचिन सृजनशिल आदिबासी समाज बर्दियाको आयोजनामा मुलुकी देवानी संहिता २०७४ लाई पश्चिमा थारु भाषामा प्रकाशन गर्नका लागि भएको अन्तर्कृया कार्यक्रममा सो निर्णय गरेको हो ।
बाँसगढीमा दुई दिनसम्म गरेको अन्तकृयामा लुम्विनी प्रदेसका आन्तरिक मामिला, कानून तथा संचार मंत्रालयका उपसचिव खीमानन्द ज्ञवाली, कानून तथा संचार मंत्रालय शाखा अधिकृत तुलसीराम पौडेल, बाँके, बर्दिया, कैलाली र कन्चनपुरका थारु अधिबक्ताहरुको उपस्थितीमा मुलुकी देवानी संहिता २०७४ लाई पश्चिमा थारु भाषामा सम्पादनका लागि व्यापक छलफल गरी सच्याउने काम गरेको थियो । त्यसैगरी मुलुकी देवानी संहिता २०७४ को भाषा सम्पादनको अन्तिम रुप दिनका लागि ४ सदस्यीय समिती समेत गठन गरिएको छ ।
उक्त समितिमा नाथुराम महतो कैलाली, श्रीराम चौधरी दाङ, मोहन प्रसाद चौधरी कञ्चनपुर र एकराज चौधरी बर्दियाबाट समितीमा रहनु भएको छ । मुलुकी देवानी संहिता २०७४ लाई प्राचीन सृजनशील आदीबासी समाज बर्दियाका कार्यकारी निर्देशक एकराज चौधरीले अनुबाद गर्नु भएको हो ।