fbpx

सिटिजन्स बैंकको सीईओमा पुन: गणेशराज पोखरेल नियुक्त

सिटिजन्स बैंकको सीईओमा पुन: गणेशराज पोखरेल नियुक्त


चुरेकुञ्ज, गुलरिया । सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल पुन: नियुक्त हुनु भएको छ । बैंकले पोखरेल सोही पदमा पुन: नियुक्त भएको घोषणा सार्वजनिक गरेको छ ।

पोखरेलको नेतृत्व, रणनीतिक दृष्टि र निर्णय गर्ने क्षमताले बैंकलाई बैंकिङ, अनुभव/सेवा, ग्राहक प्राप्ति, लाभ अप्टिमाइजेसन, जोखिम व्यवस्थापन र डिजिटल बैंकिङ पहलका प्रमुख क्षेत्रहरूमा मापनयोग्य नतिजाहरू प्रदान गरेर अभूतपूर्व वृद्धि हासिल गर्न सक्षम बनाएको बैंकले जनाएको छ ।

बैंकले सञ्चालक समिति र सम्पूर्ण सिटिजन्स बैंक परिवार उहाँको नेतृत्वमा थप सफलता प्राप्त गर्न, बलियो रणनीतिक दृष्टिकोण र निर्णय गर्ने क्षमताको लागि कामना समेत गरेको छ । पोखरेलको नेतृत्वबाट बैंकले नयाँ उचाइ हासिल गर्नेमा विश्वस्त रहेको जनाएको छ । बर्दिया घर भएका पोखरेलको सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्ती भएपछि बर्दियाका स्थानिय युवाहरुले बधाईसँगै खुशी ब्यक्त गरेका छन् ।

तपाइको मत