मर्निङवाकका क्रममा खैरापुरका वेपत्ता अधिकारी सम्पर्कमा
- बुधबार माघ १८ , २०७९
चुरेकुञ्ज, गुलरिया । मंगलवार मर्निङवाकका क्रममा बेपत्ता भएका गुलरिया नगरपालिका वडा नम्वर १ खैरापुर निवासी ५८ बर्षिय मधुसुदन अधिकारी सम्पर्कमा आउनु भएको छ । मंगलवार विहान एकाएक हराउनु भएका उहाँ बेलुकी नेपालगञ्ज स्थित छोरीको घरमा पुग्नु भएको छ ।
आफू दाङ, सल्यान पुगेको अधिकारीले छोरीसँग बताउनु भएको पारिवारिक श्रोतले जनाएको छ । उहाँको खोजी गरिदिन परिवारले आग्रह गर्नु भएको थियो । अधिकारी वेपत्ता भएको समाचार मंगलवार चुरेकुञ्ज डटकममा प्रकाशित भएको थियो ।