fbpx

मर्निङवाकमा निस्किएका खैरापुरका अधिकारी बेपत्ता

मर्निङवाकमा निस्किएका खैरापुरका अधिकारी बेपत्ता


चुरेकुञ्ज, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर १ निवासी ५८ बर्षिय मर्निङ वाकमा निस्किएका मधुसुदन अधिकारी बेपत्ता भएका छन् । मंगलवार विहान साढे ६ बजे खैरापुर स्थित शिवचोकमा घुमफिर गरेका अधिकारी सम्पर्क विहिन भएका छन् ।

मर्निङ वाकमा निस्किएका अधिकारी घरमा नआएपछि परिवारले खोजीनिति गरेका छन् । वेपत्ता अधिकारी आजै नेपालगञ्ज स्थित धम्वोझीमा भाडा तिरेर विंगर गाडीबाट ओर्लिएको खबर प्राप्त भएको पारिवारिक श्रोतबाट जानकारी दिईएको छ ।

तपाइको मत