fbpx

कुमारी बैंक शाखा तारातालमा एटिएम मेसिन संचालन

कुमारी बैंक शाखा तारातालमा एटिएम मेसिन संचालन


मुरली गोडिया, गुलरिया । मधुवन नगरपालिकाको ताराताल बजारमा रहेको कुमारी बैंक शाखामा एटिएम कार्ड मार्फत पैसा भिक्न पाइने भएको छ । सोमबार अनौपचारिक रुपमा कुमारी बैंक लिमिटेड ताराताल शाखामा तत्काल पैशा झिक्न एटिएम मेसिन संचालन गरेसंगै यो सुविधा संचालनमा आएको हो ।

मधुवन नगरपालिका ६ ताराताल बजारमा अवस्थित बैंकले ग्राहकको माग बमोजिम एटीएम सुविधा सुचारु गरिएको बैंकका प्रबन्धक मोहन थापाले जानकारी दिनु भयो । नेपाल राष्ट्र बैंक बाट (क) वर्गको ईजाजतपत्र प्राप्त कुमारी बैंकले बर्दियाको गुलरिया, मधुवन, ठाकुरबाबा, बारबर्दिया र बाँसगढी नगरपालिकामा गरी ५ वटा शाखा संचालनमा छ । ठाकुरबाबा र बारबर्दिया नगरपालिका बाहेक ३ ओटा शाखामा एटिएमको सुविधा रहेको प्रबन्धक थापाले बताउनु भयो ।

ताराताल बजारमा रहेको शाखामा ५ हजार भन्दा बढी ग्राहक रहेको बैंकले जनाएको छ । ग्राहक महानुभावको सहजताका निम्ती एटिएम सुविधाले सहयोग पुग्ने कर्जा शाखाका किरण सिंजालीले जानकारी दिनु भयो । शाखाले आर्थिक गतिविधिको क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम संचालनले निरन्तरता पाउने बैंकले जनाएको छ ।

तपाइको मत