बाल कविता : कान खोलेर सुन पार्थ
- सोमबार माघ १६ , २०७९
अभिनव पाठक, कक्षा ९ (बी), बगलामुखी राधाकृष्ण माध्यमिक विद्यालय गुलरिया बर्दिया ।

कान खोलेर सुन पार्थ
आफुलाई भगवान भन्छौ भने छिटो आफ्नो नाम भन
आफुलाई भगवान भन्छौ छिटो आफ्नो नाम भन ।
एति सुन्ने वित्तिकै माधवको धिरज हल्लिगो
अरे तिनै लोकको स्वामी आएर रिसैरिसमा भन्दिन्थे ।
कान खोलेर सुनपार्थ म न त्रेताको राम हँु ।
अरे कान खोलेर सुनपार्थ म न त्रेताको राम हँु ।
कृष्ण मलाई सब भन्छन म द्धापरको घनश्याम हुँ
रुप कहिले नारिको राखेर मैले नै भेष बदलिन्छु ।
धर्म वचाउनको लागि म अनगिन्ती भेष बदलिन्छु
बिष्णु जीको दशम् रुपमा पर्शुराम मतवाला हँु ।
नाग कालियाको टाउकोमा म मन्दन गर्नैवाला हुँ ।
वकासुर र नर्कासुरलाई मैले जिउदै गाडदिए ।
वकासुर र नर्कासुरलाई मैले जिउदै गाडदिए
अरे नरसिँह भनेर धर्मको लागि हिरण्यकश्यप फाडदिए ।