fbpx

जुम्ल्याहा बच्चा पालनपोषण गर्न बालगृहको जिम्मा

जुम्ल्याहा बच्चा पालनपोषण गर्न बालगृहको जिम्मा


चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर १ स्थित जुम्ल्याहा बच्चा जन्माई आमाको मृत्यु भएपछि मातृत्व विहिन बनेका बालकहरुलाई बालगृहको जिम्मा लगाईएको छ । बच्चाका बावु दल बहादुर विकले पालन पोषण गर्न नसकेपछि उनीहरुलाई बालगृहको जिम्मा दिईएको हो ।

बालकलाई जन्म दिएकी गिता विकको पुष २२ गते निधन भएको थियो । गुलरिया नगरपालिका वडा नम्वर १ को सिफारिस बावुको मंजुरी सहितको निवेदन, बालगृहको जिम्मेवारी लिने सहमती पत्रको आधारमा नगरस्तरिय बाल कल्याण समितिको निर्णयबाट वेलौरी नगरपालिका वडा नम्वर ७ कञ्चनपुरमा रहेको बालगृहलाई पालन पोषणको जिम्मा दिने सिफारिश गरिएको गुलरिया नगरपालिकाका सूचना अधिकृत मुकुन्द अर्यालले जानकारी दिनु भयो ।

बालकका वावु अपांग एवम् विपन्न रहेकाले उनीहरुको भरणपोषणमा समस्या देखिएको थियो । बालकका बावु मजदुरी गरी जीवनयापन गर्ने भएकाले बालकको पालन पोषणमा आर्थिक अभाव खट्किएको थियो । जुम्ल्याहा बालकको आमाले मृत्यु बरण गरेपछि स्वायाहार सुसारमा समस्या सम्बन्धी चुरेकुञ्जमा आर्थिक अभावले जुम्ल्याहा बालक हेरचाह गर्न कठिनाई भन्ने शिर्षकमा विष्णु अधिकारीले लेखेको समाचार समेत प्रकाशन भएको थियो । मिडियामा समाचार आएपछि बालगृहले बालकहरु प्रति चाँसो राखेको थियो । बालगृहले बालकहरुलाई १८ बर्ष सम्म पालन पोषण, रेखदेख एवम् पढाउने शर्तमा बालकहरुलाई बालगृहमा पठाईएको छ ।

तपाइको मत