स्वच्छता तथा कोभिड १९ रोकथामका लागि ब्यवहार परिर्वतन
- आइतबार माघ १५ , २०७९
विन्दु चौधरी, बाँसगढी । बर्दियाको ८ वटै स्थानिय तहमा संचालन भएको स्वच्छता तथा कोभिड १९ रोकथामका लागि ब्यवहार परिर्वतन कार्यक्रमले समुदायमा सचेत गराउन सक्षम हुदै गएको छ । समुदायमा स्वच्छता तथा कोरोनाको संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने सजकता, सरसफाईका गतिनिधीहरु संचालन भएपछि बर्दियाका ८ वटै पालिकाका समुदायहरुले व्यवहारमा लागु गर्दै आफन्त, छिमेकीदेखि वस्तीलाई नै सचेत गराउन सक्षम भईरहेको जनाएको छ ।
समुदायमा स्वच्छता तथा कोभिड–१९ रोकथाम र न्यूनीकरण गर्ने लक्ष्यका साथ ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) ले बर्दियाको ८ वटै पालिकामा स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना सञ्चालन गरिएको छ । वाटर एड र विकास स्रोत केन्द्रको आर्थिक सहयोग र स्थानिय सरकारको समन्वयमा सञ्चालित परियोजनाले कोभिड–१९ र स्वच्छताको कमीले हुने अन्य रोगहरुको रोकथामका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको बेस बर्दियाका फिल्ड सुपरभाईजर जयराम थारुले जानकारी गराउनु भयो । उहाँका अनुसार कार्यक्रमले बर्दियाका गरिब, दलित, विपन्न र पिछडिएका अशिक्षित समुदाय अहिले जागरुक बन्दै गएको छ ।
बर्दिया जिल्लामा रहेका सबै सामुदायिक विद्यालय र महिला स्वास्थ्य स्वंमसेविकाहरुलाई प्रशिक्षण गराईएको छ । बालबालिकालाई हात धुने बानीको विकास र स्वच्छता सम्बन्धी अन्य आनीबानीमा सुधार ल्याउन स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना संचालन गरिएको फिल्ड सुपरभाईजर सुपरभाईजर थारुको भनाई छ । महिला स्वास्थ्य स्वंमसेविकाहरु मार्फत समुुदायमा स्वच्छताका लागि व्यवहार परिवर्तन विधिहरुको प्रयोग गर्दा सबैलाई समेट्न सकिने विस्वास बासँगढीमा संचालित दुईदिने महिला स्वास्थ्य स्वंमसेविकाहरुलाई प्रशिक्षण तालिममा लिईएको छ । स्वच्छता तथा कोभिड १९ रोकथामका लागि ब्यवहार परिर्वतन कार्यक्रमको सहजीकरण बाँसगढी नगरपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक तथा वास फोकलपर्सन कुल बहादुर विष्ट र डेउढाकला स्वास्थ्य चौधरीका इन्चार्ज हुमनाथ देवकोटाले गर्नुभएको थियो ।