सहकारीको साधारणसभामा अनाथ बालवालिकालाई सहयोग
- शनिबार माघ १४ , २०७९
विन्दु चौधरी, बाँसगढी । बासँगढीमा रहेको महीला जागरण सामाजिक शिक्षा केन्द्रको २५औँ बार्षिक साधारणसभामा दुई जना अनाथ बालबालिकालाई सहयोग गरेको छ । शिक्षा केन्द्रका उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष गायत्री अधिकारीको अध्यक्षता र बासँगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्को प्रमुख आथित्यतामा केन्द्रको बार्षिक साधारणसभाको अवसरमा दुई जना अनाथ बालबालिकालाई स्कुल डे«स र स्टेशनरी सामाग्री सहयोग गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख खड्काले समाज रुपान्तरणमा महीला जागरण सामाजिक शिक्षा केन्द्रले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र लैगिंक हिंसा लगायत समाजका हरेक क्षेत्रको उजागरण गदै आएकोमा नगर प्रमुख खड्काले प्रसंशा गर्नुभएको थियो । साथै उहाँले समाज रुपान्तरणका लागि महिला जागरणले त्यस्ता खाले कार्यक्रम ल्याए नगरपालिकाको ढोका सधै खुल्ला रहने बताउनुभयो । संस्था समाज परिवर्तन र महिलाहरुको आय आर्जको क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै र्आइरहेको महीला जागरण सामाजिक शिक्षा केन्दका अध्यक्ष गायत्रि अधिकारीले बताउनुभयो ।
महिला जागरण केन्द्रले महिला अधिकार लैगिक समानता, महिलाको न्यायमा पहुचँ, गुणस्तरीय शिक्षा परिवर्तन लगाएतका क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको समेत अध्यक्ष अधिकारीले बताउनुभयो । कार्यक्रमा प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै केन्द्रका सहसचिव विमला अधिकारीले समाजमा शोसित तथा हिंसा पिडित जतनाको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था वृहत्तर सुधारका लागि काम गर्ने एक मुनाफा रहित सेवा प्रदायक संस्था रहेको बताउनुभयो ।
वि.सं. २०५२ सालमा स्थापना भई २०५४ सालमा दर्ता गरी काम शुचारु भएको थियो । सस्थाले हालसम्म जेष्ठ नागरिक सम्मान, एकल महिलालाई सशक्तीकरण, बजार सरसफाई लगाएतका सामजिक तथा आर्थिक क्रियाकलाप गर्दै आएको प्रगति प्रतिवेदन मार्फत प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा विभिन्न सामाजिक क्षेत्रमा सेवा गर्ने समाजसेविहरुले साधारण सभाको सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको संचालन केन्द्रका सचिव गिता लामिछा देवकोटाले गर्नुभएको थियो भने स्वागत मन्तब्य सदस्य सिता पौडेलले गर्नुभएको थियो ।