संरक्षणकर्मीलाई सेनाको निसानी सम्मान
- सोमबार बैशाख ६ , २०७८
चुरेकुञ्ज, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज लगायत मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको चोरीशिकार नियन्त्रणगर्दै जैविकविविधता संरक्षणार्थ जनचेतना अभिबृद्धि गर्ने कार्यमा उल्लेख्य भुमिका गरेकोभन्दै नेपाली सेनाले दुईजनालाई सेनापति प्रसंशा निसानीले सम्मान गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर हर्षबहादुर सिंह र चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्तप्रसाद आचार्यलाई सम्मान गरिएको हो ।

देवीदत्त गण ठाकुरद्वारा ब्यारेकमा एक समारोहका विच गणका गणपति दिनेस कार्कीले निसानी प्रदान गरेका छन् । संरक्षणका क्षेत्रमा निसानीबाट सम्मानित भएकोमा खुशी ब्यक्तगर्दै बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर हर्षबहादुर सिंहले काँधमा जिम्मेवारी थपिएको बताए । आउँदा दिनहरुमा अझै शसक्त भएर संरक्षण कार्यमा अघि बढ्ने चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्तप्रसाद आचार्यले बताए ।
