fbpx

ठाकुरबाबामा पशु बिमा गर्न कृषकलाई नगरप्रमुखको आग्रह

ठाकुरबाबामा पशु बिमा गर्न कृषकलाई नगरप्रमुखको आग्रह


भिमा कंडेल, बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्वर ७ मा एक दिवशीय निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । पशु सेवा केन्द्रको पहुँच भन्दा टाढा रहेका कृषकहरुलाई प्राथमिता दिदै सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको छ ।

त्रिभुवन नमुना माध्यमिक विद्यालयको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकाले एक दिने पशु स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा नगरपालिकामा कार्यरत पशु चिकित्सकसहितको टोलीले पशुपन्छिको उपचार, आन्तरिक तथा बाह्य परजिवि विरुद्धको औषधी समेत वितरण गरेको छ । शिविरमा झण्डै ४ सय ५० घरधुरीले सेवा लिएका छन् । ७ सय ५० पशुहरुलाई आन्तरिक तथा बाह्य परजिवि विरुद्ध औषधी वितरण गरिएको जनाईएको छ ।

३० ओटा कुकरहरुलाई रेविज विरुद्धको खोप समेत लगाइएको छ । नगर प्रमुख तिलकराम लम्सालले नगरपालिका भित्र रहेका कृषकहरुको मागलाई मध्यनजर गर्दै पशु विमा गर्न राष्ट्रिय बिमा कम्पनीसँगकों सहकार्यमा पशु बिमा कार्यक्रम समेत सञ्चालन गरिरहेको जानकारी दिदै सम्पुर्ण कृषकहरुलाई पशु बिमा गरि पशुबाट हुने जोखिम न्युनिकरण गर्न आग्रह गर्नुभएको छ ।

तपाइको मत