fbpx

बर्दिया स्कुल कप क्रिकेटको उपाधी लिटिल हेभन एकेडेमीलाई

बर्दिया स्कुल कप क्रिकेटको उपाधी लिटिल हेभन एकेडेमीलाई


दीपकलाल श्रेष्ठ, गुलरिया । माघ ६ गते देखि बर्दिया क्रिकेट एकेडेमी र नेपाल क्रिकेट संघ बर्दियाको संयुक्त आयोजनामा संचालित बर्दिया स्कुल कप २०७९ क्रिकेटको उपाधी लिटिल हेभन ईङलिस एकेडेमी गुलरिया, बर्दियाले प्राप्त गरेको छ ।

शनिवार गुलरिया स्थित कबर्ड हलको खेलकुद मैदानमा भएको फाइनल खेलमा लिटिल हेभन एकेडेमीले बंगलामुखी राधाकृष्ण थारु स्कुल गुलरियालाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले बलिङ रोजेको लिटिल हेभनले अनोज सिंह ठकुरी र पीयूष प्रजापतिले घातक बलिङगर्दै समान ३÷३ विकेट लिएर बंगलामुखी स्कुललाइ १५.५ ओभरमा ६५ रन मै अल आउट गर्न सफल भएको थियोे । बंगलामुखी स्कुलमा लागि अर्पण पौडेलले एक मात्र दोहोरो अंक २६ बलमा १२ रन बनाएका थिए ।

६६ रनको लक्ष्य लिएर आएको लिटिल हेभन स्कुलले क्षितिज थापामगरको बिष्फोटक ब्याटिङ गर्दै १२ बलमा ७ चौकाको मद्दतले ३६ रन बनाउदै ६ ओभरमा ६६ रनको लक्ष्य पूरागर्दै लिटिल हेभन विजयी भएको थियो । फाइनलका कसिलो बलिङ गर्दै बंगलामुखी स्कुलको ३ विकेट लिएका लिटिल हेभनका पीयूष प्रजापति म्यान अफ द म्याच पाएका छन् । म्यान अफ द सिरिज लिटिल हेभन कै क्षितिज सिंह ठकुरी भएका थिए ।

इमेर्जिङ प्लेयरमा रजनिश यादव भएका थिए भने बेस्ट ब्याट्सम्यान सौगात खत्री र बेस्ट बलरमा हरशिल जंग शाहिले प्राप्त गरे प्रतियोगितामा बर्दिया जिल्ला भरिका ६ वटा विद्यालयहरुको सहभागी रहेको थियो । लिग खेलाइएको प्रतियोगिताको फाइनलमा प्रथम हुने लिटिल हेभनले २० हजार ५ सय प्राप्त गरेको छ भने दोस्रो भएको बंगलामुखी स्कुलले १० हजार ५ सय प्राप्त गरेको प्रतियोगिता आयोजनाका प्रमुख एवं बर्दिया क्रिकेट एकेडेमीका संचालक सिद्धार्थ श्रेष्ठले बताउनु भएको छ ।

तपाइको मत