fbpx

पार्टीका स्वर्गिय नेताका धर्मपत्नीहरु महान छन् : संजय गौतम

पार्टीका स्वर्गिय नेताका धर्मपत्नीहरु महान छन् : संजय गौतम


चुरेकुञ्ज, गुलरिया । पार्टीका संस्थापक स्वर्गिय नेताहरुका धर्मपत्नीहरु महान रहेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य, संघीय सांसद एवम् पूर्व मन्त्री संजय कुमार गौतमले बताउनु भएको छ । नेपाली काँग्रेसका नेता स्वर्गिय नविन चन्द्र शर्माको धर्मपत्नी शान्तादेवी शर्माको स्वर्गारोहण भएको ४५ औं दिनको पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेता गौतमले पार्टीलाई उचाईमा पुर्याउन स्वर्गिय शान्ता आमाको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई छ ।

स्वर्गिय नेतृ शर्माको जिल्लामा पार्टी एवम् महिला संघलाई श्रीबृद्धि गर्न अहम भूमिका निर्वाह गरेको स्मरण सुनाउँदै प्रमुख अतिथी गौतमले बर्दियामा नेपाली काँग्रेस पार्टी स्थापनार्थ जीवन बलिदानीमा सुम्पिएर महत्वपूर्ण कर्म गर्ने भद्रकाली सुब्बा, राधाकृष्ण थारु, शुरेस राज शर्मा असर्फी यादव लगायतका संस्थापक नेताहरु र वहाँका धर्मपत्नीहरुको विशेष भूमिका रहेको प्रष्ट्याउनु भयो । पार्टीलाई सही मार्गमा डोहोर्याउन सक्नु नै उहाँहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाई छ । पार्टीलाई थप बलियो बनाउन एक सबै नेता एवम् कार्यकर्ताहरु एक ढिक्का भएर अघि बढ्नु पर्नेमा नेता गौतमको जोड छ ।

नेपाली काँग्रेस बर्दियाका पार्टी सभापति अरुण प्रकास सिंह राठौरले श्रद्धाञ्जली सभामा दिवंगत शान्तादेवी शर्माको अमर आत्माको चिरशान्तिको कामना गर्नु भएको छ । शोकसन्तप्त परिवारजनमा धैर्यधारणको क्षमतासँगै नेता राठौरले उहाँहरुले देखाएको मार्गमा हिड्न पार्टी बृत्तमा प्रेरणा प्राप्तीको लागि कामना गर्नु भएको छ । नेपाली काँग्रेस गुलरिया नगरकार्य समितिको आयोजनामा गरिएको कार्यक्रमको सभापतित्व नगर उपसभापति रविमल्ल ठकुरीको सभापतित्वमा भएको हो । कार्यक्रम गोविन्द लामिछानेले संचालन गर्नु भएको थियो ।

श्रद्धाञ्जली सभामा लुम्विनी प्रदेस सांसद मालती सोडारी, नेपाली काँग्रेसका महासमिति, पूर्व महासमिति सदस्यहरु, गुलरिया नगरपालिकाका नगरप्रमुख एवम् संघीय सभापति मुक्तिनाथ यादव, गुलरिया नगरपालिकाको उपप्रमुख सावित्रा गौतम, प्रदेस सभापति विर बहादुर चौधरी, निर्माण ब्यवसायी संघका अध्यक्ष भेषराज पौडेल, स्वर्गिय शर्माका परिवारहरु, वडाअध्यक्षहरु, पार्टीका वडा समितिका सभापति प्राध्यापक राजेन्द्र प्रसाद धिताल, बारका अध्यक्ष कमल पाण्डे, पत्रकारहरु, पार्टीका नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी थिए । स्वर्गिय शर्माको निवासमा कार्यक्रम गरिएको हो ।

तपाइको मत