fbpx

बर्दिया अस्पतालमा एक सय जनाको हाईड्रोशील अपरेशन

बर्दिया अस्पतालमा एक सय जनाको हाईड्रोशील अपरेशन


चुरेकुञ्ज, गुलरिया । चालु आर्थिक बर्षको बर्दिया अस्पताललाई प्राप्त हाईड्रोशील अपरेशनको कोटा मध्ये १ सय जनाको अपरेशन सकिएको छ । सरकारले १ सय २० जनाको निःशुल्क हाईड्रोशील अपरेशनको कोटा बर्दिया अस्पताललाई दिएको थियो ।

माघ १० गते सम्म १ सय जनाको हाईड्रोशीलको निःशुल्क अपरेशन गरिएको बर्दिया अस्पतालका प्रमुख डाक्टर शुभाष पाण्डेयले जानकारी दिनु भएको छ । कोटा अनुसार अझै २० जना बाँकी हुनुहुन्छ । कोटा सकिएपनि बर्दिया अस्पतालमा जहिले पनि हाईड्रोशीलको अपरेशन गर्न सकिने प्रमुख पाण्डेले बताउनु भएको छ । अस्पतालले मंगलबार र बिहिबार हाईड्रोशीलको अपरेशन गर्दै आएको छ ।

बर्दिया अस्पतालका सर्जन डाक्टर विजय उपाध्यायको नेतृत्वमा अपरेशन सेवा हुँदै आईरहेको छ । अस्पतालमा महिलाहरुको आङ खस्ने समस्याको अपरेशन पनि शुरु हुने उहाँको भनाई छ । जसको डाक्टर राम विस्वास र डाक्टर सामिनीले अपरेशन गर्नुहुनेछ । पछिल्लो समय बर्दिया अस्पतालले विभिन्न खाले अपरेशनहरु अस्पतालमै गर्ने ब्यवस्था मिलाएको छ । जसअन्र्तगत प्रत्येक बुधबार र शुक्रवार हप्ताको २ दिन महिलाको लागि परिवार नियोजनको निःशुल्क स्थायी बन्ध्याकरण मिनिल्याप अपरेशन नियमित भैरहेको छ । यस हप्ता २ जनाले सेवा लिएको डाक्टर पाण्डेले जानकारी दिनुभयो ।

तपाइको मत