fbpx

बर्दिया राजापुर महोत्सवमा संरक्षण गितमा नृत्य

बर्दिया राजापुर महोत्सवमा संरक्षण गितमा नृत्य


चुरेकुञ्ज, गुलरिया । डिजिजनल बन कार्यालय बर्दियाले राजापुरमा आयोजित बर्दिया राजापुर महोत्सवमा संरक्षण गितमा नृत्य कार्यक्रम सम्पन्न गरेको छ । बनसँग सेलिव्रेटी कार्यक्रम अन्र्तगत स्थानिय कलाकार मार्फत जैविकविविधता संरक्षणमा सचेतना पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ ।

बन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको डिभिजनल बन कार्यालय बर्दियाका अधिकृत द्रोणराज शर्माले जानकारी दिनु भयो । कार्यक्रममा कलाकार राज कुस्मीले संरक्षण सम्वन्धी गित प्रस्तुत गर्नु भएको छ । उहाँको प्रस्तुतीमा दर्शकहरु झुमेर नाचेका थिए । थारु संस्कृति झल्किने छोकरा नृत्य कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
कोस खड्का र शीतल शर्माको जोडदार प्रस्तुतीमा संचालन भएको कार्यक्रममा रोशनी पुरी, रुविना अधिकारी, उर्मि परियार, अलिसा, बराल, लक्ष्मी केसी, दुर्गा भट्टराई, डम्बरा कडायत लगायतका नृत्यांगनाहरुले दमदार नृत्य प्रस्तुत गरेका छन् । स्थानिय भदै थारुले संरक्षण सम्बन्धी कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा कलाकार लगायत अतिथी गरी ५ जनालाई डिभिजन बन कार्यालय बर्दियाले मायाँको चिनो प्रदान गरेको छ ।

बर्दियाको राजापुरमा समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, व्यापार संस्कृति र पूर्वाधार भन्ने नाराका साथ बिहिबारदेखि शुभारम्भ भएको बर्दिया राजापुर महोत्सव २०७९ आईतवार सकिँदै छ । बर्दिया उद्योग वाणिज्य संघ राजापुर बर्दियाको आयोजनामा भएको महोत्सबले यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरुको प्रदर्शन खाद्य वाली, नगदे वाली, दलहन तथा तेलहन मसला वाली प्रर्बद्धन हुने विस्वास आयोजकको छ । महोत्सवमा व्यापारिक स्टल, थारु होमस्टे, थारु गाउँ र डान्स आइडल तथा हरेक दिन स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहेको उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष केदार थापाले बताउनु भयो ।

बर्दिया राजापुर महोत्सवमा १ सय २० वटा व्यापारिक स्टल, बालउद्धान, मौतका कुवाँ, नाउ, चर्खे पिङ्ग, भुत व्यागर सहितका विभिन्न वाल उद्यान सहित संस्कृति झल्किने झाँकि प्रर्दशनि महोत्सवको मुख्य आकर्षक रहेको छ । आन्तरिक तथा बाह्यि गरि ३ लाख भन्दा बढी दर्शकलाई अवलोकन गराउने महोत्सवको लक्ष्य रहेको उद्योग वाणिज्य संघका महासचिव लोकराज ढुङगानाले जानकारी दिनु भएको छ ।

तपाइको मत