fbpx

बाँसगढीको दमौलीमा दोस्रो नगरस्तरीय फुटबल प्रतियोगिता

बाँसगढीको दमौलीमा दोस्रो नगरस्तरीय फुटबल प्रतियोगिता


विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिका वाड नं ६ दमौलीमा दोस्रो बाँसगढी नगरस्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । बाँसगढी नगरपालिकाको सरक्षक र वडा नम्बर ६ को आयोजनामा भएको प्रतियोगितामा ९ टिम सहभागी छन् ।
फुटबल प्रतियोगितामा साविकको बेलवा र मोतिपुर गाविसका २ वटा महिला टीमले भाग लिएका छन् ।

युवाहरुको खेलप्रति लगाव, रुचिलाई मध्यनजरगर्दे खेल क्षेत्रको विकास गर्ने उदेश्यले बाँसगढी नगरपालिका वाड नं ६ मा रहेको जनप्रिय माविको खेल मैदानमा बुधवबारदेखि फुटवल प्रतियोगिता शुरु भएको हो । खेलको उदघाटन बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले नगरपालिकाले खेल क्षेत्रको विकासमा प्राथमिकता दिँदै आएको बताउँदै आगामी दिनमा युवापुस्ताले नै खेलकुदमार्फत नगरपालिका र सिङ्गो राष्ट्रलाई नै चिनाउन सहजहुने बताउनुभयो । नगरपालिकाको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम भैरहेको उहाँले बताउनुभयो ।

‘खेल स्वास्थ्यका लागि, खेलकुद राष्ट्रका लागि’ भन्ने नाराका साथ शुरु भएको खेल माघ ७ गते सम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार दोस्रो हुने टिमलाई २५ हजार तथा तेस्रो र चौथो टीमलाई ५।५ हजार नगद रुपैया र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । बासगढी नगरपालिका वाड नं ६ का वडाअध्यक्ष लाल बहादुर क्षेत्रिको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख इन्दिरा चौधरी, प्रमुख प्रसासकिय अधिकृत कमल प्रसाद पौडेल, वाड नं १ देखि ९ सम्मका वडाअध्यक्ष, राजनितिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यपक, खेलाडी, खेलप्रमी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको समुघाटन कार्यक्रममा झाँकीसमेत प्रर्दशन गरिएको छ । पाँचौ नगरपालिका स्तरिय रनिङसिल्ड प्रतियोगिताको लोगो र मस्कट सार्वजानिक गरिएको छ । माघ १३ गतेदेखि १७ गतेसम्म राम जानकी माध्यमिक विद्यालय भैसासुरमा आयोजना हुने पाँचौ नगरपालिका स्तरिय रनिङसिल्ड प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको हो । बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काले राम जानकी माध्यमिक विद्यालय भैसासुरका प्रधानाध्यपक नारायण प्रसाद शर्मालाई लोगो र मस्कट हस्नान्तरण गर्नुभएको हो ।

तपाइको मत