fbpx

पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ


काठमाडौं । तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई सफाइ दिएको छ । बालिका बलात्कार आरोपमा जेलमा रहेका पललाई अदालतले मंगलबार सफाइ दिएको हो । 

जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको एकल इजलासले पलमाथि लगाइएको बलात्कारको दाबी नपुगेको भन्दै सफाइ दिएको हो । पलसँगै उनका म्यानेजर कृष्ण जोशीलाई पनि अदालतले सफाइ दिएको अन्नपूर्ण पोस्ट् डटकममा खबर छ । 

यसअघि बालिकालाई बलात्कार गरेको अभियोगमा पललाई तनहुँ र नवलपरासी जिल्ला अदालतले २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

तपाइको मत