fbpx

विमान र्दुघटनामा ज्यान गुमाउने प्रति बारबर्दिया नगरको शोक

विमान र्दुघटनामा ज्यान गुमाउने प्रति बारबर्दिया नगरको शोक


चुरेकुञ्ज, गुलरिया । माघे संक्रान्तिका दिन काठमांडौबाट पोखरातर्फ गैरहेको एति एयरलाईन्सको विमान कास्कीको सेती खोचमा दुर्घटना भई ज्यान गुमाउने चालक दल एवम् यात्रुहरुप्रति श्रद्धाञ्जली अर्पणगर्दै बर्दियाको बारबर्दिया नगरपालिकाले शोक ब्यक्त गरेको छ । नगरपालिकाको मंगलबार बसेको बैठकले पालिका भरी शोक सभा गर्ने निर्णय गरेको थियो ।

नगरप्रमुख छविलाल थारुले प्रेस विज्ञप्ती जारीगर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति प्राप्तीको कामना गर्नुभएको छ । पालिकाको बैठकबाट नगर भित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय तथा शिक्षण संस्थाहरुको काम कारवाही सवा २ बजे सम्मका लागि स्थगन गरी १५ मिनट शोक कार्यक्रम गर्ने निर्णयगर्दै शोक कार्यक्रम आयोजना गरिएको बारबर्दिया नगरपालिकाले जनाएको छ ।


तपाइको मत