बालबिवाहको कुप्रथा अन्त्य गरौं
- सोमबार माघ २ , २०७९
अभिनन्दन सुवेदी, कक्षा ८ (बी), बगलामुखी राधाकृष्ण थारु माध्यमिक बिद्यालय गुलरिया, बर्दिया ।
किशोरावस्था भनेको शारीरिक, मानसिक र मनोवैज्ञनिक संक्रमण कालिन अवस्था हो । जुन यौवन देखि वयस्कताको अवधिमा हुन्छ । यस अर्थमा किशोरावस्था १० देखि १९ वर्षसम्मको हुन्छ । यो अवधि विश्व स्वास्थ्य संगठनले घोषण गरेको हो । किशोरावस्थामा प्रवेश गरेको पुरुषलाई किशोर र महिलालाई किशोरी भन्ने गरिन्छ । यस अवधिमा व्यक्तिको शारीरिक, मानसिक र संवेगात्मक विकास हुन्छ । किशोरावस्था व्यक्ति, परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बढाउँछ ।
पहिलेको समयमा किशोर किशोरीहरुलाई व्यवास्ता गर्ने चलन थियौ तर नेपाल सरकारले किशोर किशोरीहरुले अन्य सरह समान हक अधिकार पाउनुपर्छ भनेर घोषणा गरेपछि किशोर किशोरीहरुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस विषयलाई गम्भीरता पूवर्क लिएको छ । किशोर किशोरीहरुका लागि किशोर किशोरीमैत्री स्वास्थ्य सेवाको व्यवस्था गरेपछि किशोरावस्थासँग सक्बन्धीत विभिन्न प्रकारका समस्याहरु समाधान भए । किशोरावस्थामा महिलाहरुले नचाहदा नचाहदैँ गर्भधारण भएमा गर्भपतन प्रक्रियाले सन २००२ मा कानुनी मान्यता पाएको हो । किशोरावस्थामा किशोर किशोरीहरुलाई विभिन्न समस्याहरु आईपर्छन् । ती समस्याको बारेमा जानकारी वा सेवा लिदा उनीहरुले गोप्यताको हक पाउनुपर्छ । अर्थात उनीहरुले भनेको समस्याहरुलाई सेवा दिनेहरु वा जानकारी दिने व्यक्तिले गोप्य राख्नुपर्छ ।
किशोर किशोरीहरुका लागि स्वास्थ्य यौन तथा प्रजनन् अधिकारका बारेमा सचेत पार्न विभिन्न संघ संस्थाहरुले विभिन्न प्रकारका सेवा प्रदान गरिरहेका छन् । किशोर किशोरीहरुले किशोर किशोर किशोरी मैत्री स्वास्थ्य सेवा नभएको स्वास्थ्य संस्थामा पनि आफुलाई आवश्यक जानकारी लिन सक्ने अधिकार रहन्छ । प्रजनन् भनेको कुनै पनि महिलाले बच्चा जन्माउने एक प्रकृया हो । उनीहरु विभिन्न प्रकारका अधिकारहरु पाउनुपर्छ जसले उनीहरुको जीवन सहजपूर्ण रुपले वितोस् भन्ने कुरालाई आधार मानी नेपालको संविधाको भाग ३ धारा ३८ को उपधारा २ मा प्रत्येक महिलाई सुरक्षित मातृत्व र प्रजनन् सम्बन्धी हक हुनेछ भन्ने कुरा उल्लेख गरिएको छ ।
किशोरवस्थाको समयमा विभिन्न प्रकारका नकारात्मक विचारहरु उत्पन्न हुन्छन् । ती नकारात्मक विचारहरुका कारण किशोर किशोरीहरु नराम्रो बाटोमा पुग्न सक्छन् । अहिले बालविवाह त्यस्तै नकारात्मक विचारहरुका कारण किशोर किशोरीहरुले स्वइच्छामा विवाह गरिरहेको पाइन्छ । विवाह भनेको पुरुष र स्त्री बिच हुने सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्ध हो । २० वर्ष भन्दा कम उमेरमा विवाह गरेमा त्यसलाई बालविवाह भनिन्छ । यो ठुलो सामाजिक समस्या वा कुप्रथा हो । यसको मुख्य कारण भनेको सानै उमेरमा विवाह गरे स्वर्ग पुगिन्छ् भन्ने धारणा राख्नु हो । यसका कारण महिलाको स्वास्थ्य अवस्था नाजुक हुन पुग्छ ।
यसलाई न्यूनिकरण गर्नका लागि नेपालको संविधानको भाग ३ धारा ३९ को उपधारा ५ मा बालबालिकालाई बालविवाह, गैर कानुनी ओसारपसार र बन्धक बनाउन पाईदैन । भन्ने कुरा उल्लेख गरिएको छ । नेपालको मुल कानुनमा नै यसका बारेमा लेखेता पनि यसलाई कडा रुपले परिचालन गरिएको पाईदैन । परम्परागत संकृति र जातीय व्यवस्थापनसँग सम्बन्धित छ । त्यसैले यस्तो कुरीति र जातीय व्यवस्थापनलाई हटाउनु पर्छ । बालविवाहको रोकथाम वा न्यूनिकरण गर्नका लागि स्थानीय स्तरबाटै कार्यक्रम सञ्चालन गर्नुपर्छ । मधेश प्रदेशले बेटी बचाओ, बेटी पढाउ नाराका साथ यस्ता बालविवाह न्यूनिकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरेको छ । बालविवाह गरेको थाहा पाए बालविवाह गरेकोलाई समाजबाट बहिस्कार गर्नुपर्छ । यसको न्यूनिकरण गर्नका लागि हामी विद्यार्थीहरुले कहि कतै बालविवाह भैरहेको छ भने नजिकैको प्रहरी कार्यालयमा जानकारी दिनुपर्छ ।
बालविवाह गराउने योजना बनाएका व्यतिलाई बालविवाहका बारेमा सचेत गराउनु पर्छ । सडक नाटक जस्ता विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरी जनचेतना फैलाई व्यक्ति गाँउघर, समाज हुदैँ राष्ट्रलाई नै हामीहरुले बालविवाह न्यूनिकरण मुक्त गराउन सक्छौँ । अन्त्यमा किशोर किशोरीहरलाई आवश्यक सेवा सुविधा दिनुपर्छ तिनिहरुलाई व्यवास्था वा अपहेलित गराउनु हुदैन । उनीहरुलाई अपहेलित र व्यवास्था गराउदा उनीहरुमा पर्ने नकारात्मक असरले उनीहरुलाई खतरनाक पाइला चाल्ने सम्मको बनाउन सक्छ । उनीहरुमा आउने नकारात्मक विचारहरुका कारण उनीहरु बालविवाह गर्न पुग्छन् । त्यस्ता नकारात्मक विचारहरुलाई पन्छयाउँदैँ अगाडी बढ्न जागरुक गराउनुपर्छ । बालविवाह गराउन बाध्य बनाउने अन्धविश्वासलाई समाजबाट हटाउन सक्नुपर्छ ।
समाप्त