fbpx

सहकारीको सभामा बढैयातालका जनप्रतिनिधि सम्मानित

सहकारीको सभामा बढैयातालका जनप्रतिनिधि सम्मानित


दलबहादुर सुनार, बढैयाताल । कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड कण्ठपुरको २१ औ साधारण सभामा जनप्रतिनिधी लगायत ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको छ । सरकारीले उहाँहरुलाई दोसल्ला ओडाएर सम्मान गरेको छ ।

सहकारीले बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी कुमारी त्रिपाठी, ८ नम्वर वडाका अध्यक्ष तेजनाथ पौडेल, सदस्य उद्धब न्यौपाने र दलित महिला सदस्य कृष्णकला सुनार लाई सस्थाका अध्यक्ष दशरथ शर्माले दोसल्ला ओडाएर स्वागत तथा सम्मान गर्नुभएको हो । संस्थाका ७० बर्ष भन्दा माथीका ज्येष्ठ शेयर सदस्य कौशिल्या पौडेल, नारायणी श्रेष्ठ, माधब प्रसाद कंडेल, राम राजी भुजुवा र शिव कुमार श्रेष्ठलाई पनि गरिएको छ । सस्थामा अधिकतम बाल बचत गर्ने प्राप्ती पौडेल, अधिकतम देनिक बचत गर्ने सुनिता ढकाल, उत्कृष्ठ ऋणी चन्द्रकला घर्ति, ऐच्छिक बचत तर्फ डिलमाया उपाध्याय लगाएत दश जना असल ऋणी पुरस्कृत भएका छन् ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बढैयाताल गाउँ पालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, पुर्ब अध्यक्ष एव सस्थाका सल्लाहकार अर्जुन सुबेदी, दिपलगन महिला सहकारीकी अध्यक्ष पबित्रा अर्याल, बोडर बहुउद्देश्य सहकारीका अध्यक्ष टुकराज घिमिरे, मिलन कृषि सहकारीकी अध्यक्ष निर्मला आचार्य लगाएतले शुभकामना मन्तब्य राख्दै सदस्यको आर्थिक समृद्धि तथा सामाजिक बिकास हुने खालको ब्यबसायिक योजना बनाउनु पर्ने र ऋणलाई उत्पादनमा लगाउनु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा सस्थाका सचिब पुष्पराज पौडेलले आ.ब. ०७८/०७९ को बार्षिक प्रगति प्रतिबेदन र आ.ब. ०७९/८० को प्रस्ताबित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

आ.ब. ०७८/०७९ को आर्थिक प्रतिबेदन सस्थाका कोषाध्यक्ष मदुसुदन पौडेल, लेखा सुपरीबेक्षण प्रतिबेदन समितिका संयोजक राजेश्वर थापा, धितो मूल्यांकन प्रतिबेदन समितिका संयोजक मोहनलाल रेग्मी र आ.ब. ०७८/०७९ को लेखा परिक्षण प्रतिबेदन संस्थाका ब्यबस्थापक दिपेन्द्र गैरेले प्रस्तुत गर्नु भएको संस्थाले जनाएको छ । ६ सय ७४ जना शेयर सदस्य रहेको सस्थाको साधारण सभामा सस्थाकी सदस्य भवानी तिमिल्सिनाले स्वागत र सस्थाका सचिब पुष्पराज पौडेलले संचालन गरेको कार्यक्रममा सस्थाकी सस्थापक अध्यक्ष बिमला गुरुङ्ग, पुर्व अध्यक्ष दामोदर बासतोला, जिल्ला सहकारी संघका सदस्य बसन्त सिङ ठकुरी, जन प्रतिनिधी, स्थानिय बिद्यालयका प्रअ संघका प्रतिनिधी लगाएत शेयर सदस्यहरु सहभागी थिए ।

तपाइको मत