fbpx

बैंकिङ् कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ् कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

चुरेकुञ्ज, गुलरिया । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको फैसला आदेशले जरिवाना तोकिएका फरार प्रतिबादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अदालतको ०७६ फागुन १२ गतेको फैसला आदेशले सजाय पाएका बर्दियाको राजापुर नगरपालिका वडा नम्वर ८ बस्ने धर्मराज जैसीलाई ईलाका प्रहरी कार्यालय पाताभारको टोलीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको फैसला आदेशले बैंकिङ् कसुर मुद्दामा जैसीलाई १२ लाख ९९ हजार ७ सय रुपैया जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक हृदेश कुमार सापकोटाले जानकारी दिए । घरमै लुकिछिपि बसेको अवस्थामा हाम्रो टोलीले पक्राउ गरेको छ । निजलाई बर्दिया जिल्ला अदालत गुलरियामा पेश गरिएकोमा जरिवाना तिर्न नसक्दा जरिवाना बापतको कैद भुक्तानको लागी कारागार कार्यालय बर्दियामा पठाईएको निरिक्षक सापकोटाको भनाई छ ।

तपाइको मत