fbpx

बालकथा : पढाईको महत्व

बालकथा : पढाईको महत्व


श्रेया खनाल, गुलरिया, बर्दिया । । एक गाँउमा एउटा परिवार बस्थे । उनीहरु सबैगरी जम्मा चार जना थिए । त्यो परिवारमा आमाको नाम रितु थियो । बुवाको नाम राम थियो । छोराको नाम रोनिश र छोरीको नाम रिमा थियो । रोनिश एक कक्षामा पढ्थ्यो । उसको आमाबुबाले रिमालाई विद्यालयमा छोरी भनेर भर्ना गरेका थिएनन् । रिमाको अहिले ४ कक्षामा पढ्ने बेला भइसकेको थियो । उनले पढन धेरै रहर गरेकी थिइन् ।

भाइको जस्तै किताब लिएर स्कुल जाने रहर गर्दागर्दै रिमा बिरामी परिन् । उनलाई अस्पताल लग्दा ठ्याक्कै बाल समस्याका डाक्टर आइपुगेका रहेछन् । डाक्टरले रिमा पढ्न धेरै रहर गर्दा उनी बिरामी परिन् । उनलाई एउटा स्कुलमा पढाउनुहोस् भने, त्यो सबै कुरा भइसकेपछि बल्ल रिमाका बुवाको होस् खुल्यो र उसलाई एउटा स्कुलमा भर्ना गरिदिए् । त्यसपछि रिमा धेरै बिरामी पर्थिनन् ।

तपाइको मत